पोखरा, १७ मंसिर। नेपाल तरुण दलले सोमवार देशभर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ।
सरकारको पछिल्लो गतिविध्रि्रति तरुण दलको ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो।
नेपाल तरुण दल कास्कीले पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ। तरुण दल कास्की अध्यक्ष मनोज गुरुङले प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए।
ज्ञापनपत्रमा राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिद गर्ने निर्णय, वाईड बडी जहाज खरिदमा भएको घोटाला, १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या भएको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
विश्वका कुनै पनि राष्ट्र प्रमुखहरुले प्रयोगमा नल्याएको १८ करोडको गाडी खरिद गर्ने निर्णयलाई सरकारले आफ्नो सफलता ठान्नु, वाईड बडीमा भएको भ्रष्टाचार बेवास्ता गरी विभागीय मन्त्री गैरजिम्मेवार बन्नु र निर्मला पन्त घटनासँग सम्बन्धित अपराधिलाई कानूनी कठघरामा नल्याई प्रश्रय र संरक्षण गर्न खोजेको भन्दै ज्ञापनपत्रमार्फत निन्दा गरिएको छ।
ज्ञापनपत्रमा सरकारले अन्याय, अत्याचार, अराजकता, हत्या, हिंसा, बलात्कार, महँगी, भ्रष्टाचार बढाएको भन्दै त्यसतर्फ ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न माग गरिएको छ।
‘ज्ञापनपत्र मार्फत शान्तिपूर्ण रुपमा सरकारको ध्यानाकर्षण गराएका छौं,’ तरुण दल कास्की अध्यक्ष मनोज गुरुङले भने, ‘सरकार गम्भीर नभए जस्तोसुकै आन्दोलन गर्न पनि पछि पर्ने छैनौं।’
तरुण दलका नेता तथा कार्यकर्ता रत्नचोकबाट जुलुस प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन पुगेका थिए।
यसैबीच, तरुण दल स्याङ्जाले सात बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
निर्मला पन्त हत्याकाण्ड तत्कालन छानबिन हुनुपर्ने, मूल्यवृद्धि कर, वाइडबडी जहाज खरिद लगायतमा भएको भ्रष्टाचार, राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद प्रकरण, मूल्य मान्यताविपरीत धर्म प्रचारमा सरकारको सक्रियता, भीरकोटको एक्जाभेटर जलाउने र हरिनासमा सुरक्षाकर्मीमाथि भएको कुटपिटको छानबिन हुनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाइएको हो।
साथै, भीरकोटको एक्जाभेटर जलाउने सन्तोष केसीलाई र ड्यूटीमा रहेको सुरक्षाकर्मीलाई कुटपिट गर्ने हरिनास गाँउपालिकाका प्रमुख खिमबहादुर मानन्धरलाई राजनीतिक संरक्षणमा प्रशासनले कारबाही नगरेको भन्दै तत्काल कानूनी दायरामा ल्याउन अध्यक्षको आग्रह छ।
नेपाल तरुण दल स्याङ्जा अध्यक्ष तथा गण्डकी प्रदेश सदस्य भागवतप्रकाश मल्लद्वारा हस्ताक्षरित ज्ञापनमा तरुण दल नेपाली नागरिकको शान्तिसुरक्षा र समृद्धिको पक्षमा रहेको बताउँदै वर्तमान सरकार संवैधानिक अधिकारको उल्लंघन गर्दै अघि बढेको आरोप लगाइएको छ ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी सुरेश ढकालले तत्काल प्रधानमन्त्रीको कार्यालयमा प्रेषित गर्ने बताए। ज्ञापनपत्र बुझाएपछि तरुण दलले प्रशासन कार्यालय अगाडि कोणसभा समेत गरेको छ। कोणसभामा नेपाली काँग्रेस पार्टीप्रवक्ता इन्द्रबहादुर गोदार, तरुण दल अध्यक्ष भागवतप्रकाश मल्ल, सचिव चन्द्र राना, महिला संघका सचिव तारा मल्ल, तरुण दलका क्षेत्रीय अध्यक्ष कुमबहादुर राना लगायतले घटनाक्रमलाई राजनीतिभन्दा माथि उठेर उचित छानबिन गरी कानूनी कारबाही गर्न आग्रह गरे।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’
जिसस महासंघ गण्डकीको सपथ
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९