पोखरा, १७ मंसिर।पोखराका पहिलो पत्रकार केशवराज पराजुलीको ८४ औं वर्ष प्रवेशको अवसरमा स्वतन्त्र पत्रकार संघ नेपालले शुभकामना कार्यक्रम आयोजना गर्यो।
पोखरा-३ नदीपुरस्थित निवासमा सोमवार आयोजित उक्त कार्यक्रममा अग्रज पत्रकार पराजुलीलाई दोसल्ला र मालाले सम्मान गरिनुका साथै उनले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो।
त्यस अवसरमा पत्रकार पराजुलीले स्वतन्त्र पत्रकार संघले सम्मान गरेकोमा खुसी प्रकट गर्दै पत्रकारहरु जनतामुखी हुनुपर्ने बताए। साथै उनले संघलाई मजवुत बनाएर अघि बढाउनु पर्नेमा जोड दिए।
‘अहिले धेरै पत्रकारहरू सत्तामुखी भएका छन्।’ उनले भने – यो देशका लागि दुर्भाग्य हो।
पत्रकारहरू आवाजविहीनको आवाज बन्नुपर्ने उल्लेख गर्दै उनले सत्ताधारीको गुणगान गर्नु पीत पत्रकारिता भएको बताए।
स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार भूपनिधि पन्त, वरिष्ठ उपाध्यक्ष उदयबहादुर अमात्य, वरिष्ठ फोटोग्राफर विश्व शाक्य, अग्रज पत्रकार केशवराज पराजुली, स्वतन्त्र पत्रकार संघ नेपाल गण्डकी प्रदेश संयोजक दीननाथ बराल, कास्की शाखाका अध्यक्ष कृष्ण थापा, आदर्श समाज राष्ट्रिय दैनिकका व्यवस्थापक दुर्गादेवी बास्तोलाले शुभकामना व्यक्त गरेका थिए।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९