हेमजा, १७ मङ्सिर ।क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेमा साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा नेपाल कृषि अनुसन्धान परिषदअन्तरगत रहेका विभिन्न विषयगत कार्यालयहरुको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी आइतवार सम्पन्न भएको छ ।
सो अवसरमा राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रम भैरहवाका नारायण खत्री, बागवानी अनुसन्धान केन्द्र मालेपाटनका लोकनाथ अर्याल, कफी अनुसन्धान कार्यक्रम बलेटक्सार गुल्मीका कृष्णबहादुर थापा, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका अमृतप्रसाद पौडेल, बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरका सगुन मल्ल, कालीगण्डकी मत्स्य हयाचरी स्याङजाका गोपालप्रसाद लम्साल र मत्स्य अनुसन्धान केन्द्र वेगनासका इकबाल हुसेनले आ-आफ्नो केन्द्रका कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल कृषि अनुसन्धान परिषद् आर्थिक प्रशासन शाखा निर्देशक रामबहादुर केसीले केन्द्रका प्रगतिहरु सन्तोषजनक रहेको जनाउँदै कतिपय पक्षहरुमा भने सुधार आवश्यक रहेको बताए । निर्देशक केसीले कतिपय केन्द्रले केन्द्र वरिपरी रहेका जंगली बालीहरुको संरक्षणमा भुमिका खेल्न सक्नेमा जोड दिए । केसीले नार्कको हालको परिवर्तित नेतृत्वले त्यसमा साथ दिने प्रतिबद्घतासमेत जनाए।
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका संयोजक शेषरमण उपाध्यायले नार्कले विदेशबाट बीऊ निर्यात गर्दा विशेष चनाखो बन्नुपर्ने औँल्याए । सो अवसरमा अनुगमन तथा मूल्याङ्कन शाखाका वैज्ञानिक समय गैरे, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका निर्देशक डा.तुलबहादुर पुन लगायतले पनि भनाई राखेका थिए ।
क्षेत्रीय निर्देशक डा.पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वैज्ञानिक अमृतप्रसाद पौडेलले स्वागत तथा प्राविधिक अधिकृत निला पौडेलले कार्यक्रम संचालन गरेकी थिइन ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९