पोखरा, १७ मंसिर। पोखरा रोयल सहकारी संस्थाले लघुवित्त समूहमा आवद्ध महिला सेयर सदस्यका लागि एकदिने बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम गरेको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा ११ मा संचालन गरिएको तालिममा ४५ जना महिला सदस्यको सहभागिता थियो।
तालिममा बीउँ छनोट, उपयुक्त माटो, मल, बारी छनोट, बेर्ना उमार्ने तरिका, सिँचाइ, रोगको जैविक तथा कीटनाशक औषधि प्रयोग, उत्पादन तथा बजारबारे जानकारी दिइएको थियो। तालिममा सरस्वती गौतमले सहजीकरण गरेकी थिइन्। तालिम उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिका वडा ११ का वडाध्यक्ष दलबहादुर थापालेे तालिमले महिलालाई व्यावसायिक बनाउन तथा आयआर्जनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहकारीका प्रशासन तथा व्यवसाय प्रवर्द्वन विभाग प्रमुख उमनाथ आचार्यले पोखरा रोयल सहकारीले आफ्ना सदस्यलाई बचत तथा ऋणसम्बन्धी कार्यक्रममात्र नभइ व्यावसायिक र उद्यमशीलता बनाउने कार्यक्रम पनि संचालन गर्दै आएको बताए।कार्यक्रम सहकारीका लघुवित्त विभाग प्रमुख लिलाधर पौडेलले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९