लेखनाथ, १६ मंसिर ।पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढीकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयलाई सोही वडा निवासी बयोबृद्ध भोजराज भण्डारीले आर्थिक सहयोग गरेका छन् ।
पुस्तकालयको ११ औं बाषिर्क साधारणसभा तथा छैटौं अधिवेशनको अवसर पारेर भण्डारीले पुस्तकालयको पाठ्य सामाग्रीमा सहयोग पुर्याउने उद्देश्यले पचास हजार रुपैयाँ नगद आर्थिक सहयोग गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानवहादुर जिसीलाई भण्डारीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिसीले पुस्तकालयलाई समय सुहाउँदो र बदलिदो समयको मागअनुसार इ-लाइवे्ररीको रुपमा विकास गराउँदै तालिम सेन्टरको रुपमा विकास गराउँदै सूचनाको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहयोगदाता भोजराज भण्डारी, सस्थापनक सचिव देवमणि भण्डारी, वडा नं ३२ का वडाअध्यक्ष अकंलबहादुर कार्की, जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, पूर्वअध्यक्ष इश्वरबहादुर हमाललगायतले आफना धारणा राखेका थिए ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष होमनाथ पौडेलले स्वागत र सचिव सोमतबहादुर श्रेष्ठले संचालन गरेका थिए ।
पुस्तकालयको अधिवेशनबाट आगामी कार्यकालका लागि पुनः कृष्णहरि भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा जंगवहादुर गुरुङ, सचिवमा पदमप्रसाद पौडेल, सह-सचिवमा शंकरप्रसाद पौडेल, कोषाध्यक्षमा ऋषिराम भण्डारी र सदस्यहरुमा विश्वराज पौडेल, शान्ति पौडेल, दिपकमणि भण्डारी, चन्द्रबहादुर गुरुङ र शिवकुमारी भण्डारी छन् ।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९