खैरेनीटार, १६ मङ्सिर। तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई, शुक्लागण्डकी नगरपालिकाको २३ औं बाषिर्क साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्योग वाणिज्य संघ बिकासको साझेदार रहेको वताए । उनले अबका दिनमा उत्पादन आफैले गरी व्यापार गर्न व्यवसायी तयार रहनुपर्ने जनाए । यस्तै, मन्त्री लम्सालले स्थानीय तहमा आवश्यक पर्ने उद्योग स्थापना गर्ने योजना सरकारको रहेको पनि वताए ।
कार्यक्रमका बिशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डीतले जल, जमिन, जंगल, पर्यटनमा गण्डकी प्रदेशको संम्भाव्यता रहेको वताए । उनले औद्योगिक क्षेत्रको विकास गर्न सकेमा युवाहरुको बैदेशिक क्षेत्रप्रतिको आकर्षणलाई घटाउन सकिने जनाए ।
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले कर तिर्ने व्यापारीहरुलाई सरकारले सम्मान गर्नुपर्ने वताए । उनले जरिवाना तिरेर व्यवसाय नविकरण गर्न पाउनुपर्ने मागसमेत राखे ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामबहादुर क्षेत्री थापा, तनहुँ उद्योग वाणिज्य संघका पूर्व प्रथम उपाध्यक्ष हरिकुमार श्रेष्ठ, खैरेनीटार साना सहरी तथा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामचन्द्र उपाध्याय, शुक्लागण्डकी नागरिक समाजका सचिव बाबुराम बस्नेतलगायतले बोलेका थिए ।
कार्यक्रममा सचिव गंगाराम श्रेष्ठ र कोषाध्यक्ष सुजन श्रेष्ठले बाषिर्क प्रतिवेदन प्रस्तुत गरेका थिए । तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईका सभापति पूर्णबहादुर कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति सुजित हिराचनले स्वागत र सचिव गंगाराम श्रेष्ठल संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९