सिक्लेस (कास्की), १५ मंसिर। ‘किसिम गरायो नि बाबु यहाँ त । ठ्याम्मै ७५ जिल्लाका मान्छे आए । सबै बन्दोबस्त मैलै गर्देको हो । कसैको बाँस तानेर ल्याएँ, कसैको बोरै बोकेर ल्याएँ । कतिका त कम्मल हराए । वनका काठ काटेको जरिवाना गाउँलेले मलाई तिराए ।’
कास्की सिक्लेसका भद्रसिं गुरुङसँग तत्कालीन माओवादीका कार्यकर्ताले बिठ्याईं गरेर गएपछि गाउँलेलाई तिरेको क्षतिपूर्र्तिको रसिद अझै सुरक्षित छ । भारतीय सेनाबाट रिटायर्ड भएर आएपछि उनको दैनिकी समाजसेवामा बितिरहेको थियो । उतिबेलै माओवादी आन्दोलन चरम उत्कर्षमा थियो । अलिअलि हुने खानेहरु गाउँमा बस्दैनथे । भद्रसिं चाहीँ गाउँको स्कूलमा शिक्षक अभिभावक संघको अध्यक्ष बनेका थिए । गाउँमा जानेबुझेकाहरु भाग्न थालेपछि हुलाक र गाविसको काम पनि उनैको काँधमा थियो । गाउँलेहरु माओवादीसँग निकै डराउँथे । सेनामा काम गरेर फर्केकाले होला, भद्रसिं चाहीँ अलि सुरो थिए । २०६२ साल जेठ अन्तिम साता। गाउँलेहरु बर्खाको खेती लाउने चटारोमा थिए। सिमसिम पानी परिरहेकै थियो। चारैतिर बादल डम्मै । माओवादीका कार्यकर्ताहरु पनि बाक्लै देखिन थाले। गाउँभरी गोलिगठ्ठा सहितका कार्यकर्ताहरु सल्बलाएको देखेपछि गाउँलेहरु अलि सशंकित थिए। गाउँमा माओवादीका ठूला मान्छे आउन लागेको कुरा गाइँगुर्इँ हुन थाल्यो। कार्यकर्ता भरिन थालेपछि घरबाट खासै निस्िकएनन् सिक्लेसी। आँटिलो र माओवादीसँग हिमचिम भएकाहरु चाहीँ यताउति गर्थे।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेता बाबुराम भट्टराई शान्ति सम्झौताका लागि सिक्लेस जाने निधो गरेका रहेछन्। ठूला नेताहरु आउने सुनेपछि भद्रसिंले केही गाउँलेलाई लिएर फूलमाला सहित गाउँको पुछारमा झरे। सिक्लेस गाउँ छिर्ने बाटो धेरैतिरबाट छ। पूर्वतिरको गेटमा गाउँले कुरिरहेका थिए। तर नेताहरु पश्चिमतिरको गेटबाट उकालो लागे। हतारहतार गर्दै उनीहरु पश्चिमतिर गएर नेताहरुको स्वागत गरे । ‘मै मत्रै हो कोही आउँदैनथ्यो । सैनिकको तीनघेरा थिए । चिनेजानेको भएर होला मलाई आउजाउ गर्न सजिलो थियो,’ भद्रसिं सम्झन्छन्, ‘आउने बित्तिकै बख्खु र भाङ्ग्रा लगाइदिएँ । धेरै खुशी भए नेताहरु ।’
दराज फोडेर कागजपत्र जलाइदिएपछि कर्मचारी डरले शहर झरे । कर्मचारी भागेकै दिनदेखि एक्यापको कार्यालय रित्तै थियो । प्रचण्ड र बाबुराम त्यही घरमा बसे । ‘कार्यालयमा एउटा खाट थियो । दुर्इजना आएपछि अको खाट गाउँबाट खाजेर ल्याएँ,’ उनले भने, ‘प्रचण्ड र बाबुराम सिक्लेस पुगेको आठौं दिनमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला हेलिकोप्टर चढेर उनीहरुलाई भेट्न पुगे । लामो समय संवाद र वार्ता सफल भएपछि प्रचण्डले असार २ गते आफू सार्वजनिक भएको घोषणा गरे ।
‘अब तपाईंहरुले शासन चलाउने । तपाईं ठूलो मान्छे बन्नु। प्रधानमन्त्री बन्नु भनेर आशीष हालेर पठाएको थिएँ। दुवैले हुन्छ भनेर गएका हुन्,’ भद्रसिंले अघि सुनाए, ‘दुर्इजनै प्रधानमन्त्री भए मत खुशी छु। तर हेलिकोप्टरमा उडेर गएपछि फर्किएर सिक्लेस आएनन्।’
प्रचण्ड र बाबुरामले सिक्लेस छोडेको १३ वर्ष पुगिसक्यो । उनीहरुले नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछु भनेको कुरा चाहीँ भद्रसिंले भुलेका छैनन् । ‘एक्यापको आडमा मञ्च बनाएको थियो । प्रचण्ड र बाबुरामले पालैपालो भाषण हाले । भाषण गर्ने बेलामा स्वीट्जरल्याण्ड बनाउँछु भनेका थिए,’ उनी भन्छन्, ‘अब भेटें भने खै स्वीट्जरल्याण्ड भनेर सोध्छु।’
प्रचण्ड सार्वजनिक भएकै ठाउँ सिक्लेसमा सरकारले शान्ति स्तम्भ बनाउन लागेको छ । ढिलै भए पनि सिक्लेस सम्भिmएको भन्दै उनले सरकारलाई धन्यवाद दिएका छन्। गाउँपालिकाको १० लाख रुपैयाँ लागतमा शान्ति स्तम्भ निर्माण गर्न लागिएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्यामले बताए । यसबाहेक स्थानीयले पनि थप १० प्रतिशत लगानी गरेका निर्माण समिति अध्यक्ष दानबहादुर गुरुङले बताए।
स्तम्भमा यथास्थितिवादी शक्ति, संक्रमणकालीन शक्ति र क्रान्तिकारी शक्ति मिलाउने प्रयास गरिएको मूर्तिकार नारद हार्तम्छाली कलाङले जानकारी दिए। ‘भूत, वर्तमान र भविष्य तीनवटै शक्तिलाई मिलाएर मूर्तिको डिजाइन गरिएको छ। त्यसकै आधारमा मूर्ति खोप्ने काम गरिरहेको छु,’ मूर्तिकार कलाङ भन्छन्, ‘मूर्तिमा आध्यात्मिक र आधुनिक दुवै पक्षको विम्ब छ।’ मूर्ति निर्माण भैसकेपछि सिक्लेसमा पर्यटकको अको गन्तव्य थप हुने विश्वास लिइएको छ ।
Related News
सम्बन्धित समाचार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९