काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले गोलीमाथि मतको सवोर्च्चतालाई स्थापना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताएका छन् ।
एशिया प्रशान्त शिखर सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले नेपालजस्तो विविधतापूर्ण समाजमा वार्ता, समझदारी, आपसी सम्मान, सम्झौता र संलग्नताले भित्री र बाहृय द्वन्द्वलाई सफलतापूर्वक समाधान गर्न सकिन्छ भन्ने देखाएको स्पष्ट गरे।
प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक सङ्क्रमणबाट पार भई इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल भएको र सन् २००६ मा आरम्भ भएको विस्तृत शान्ति प्रक्रिया सफल भएको बताए। उनले नेपालको शान्ति प्रक्रिया नेपालीले नै स्थापना र नेतृत्व गरेको, स्वामित्व लिएको र बलियो बनाएको तथा नेपाली जनताले साहासीपूर्ण र दृढ निर्णय लिएको उल्लेख गरे।
‘हामीले शान्ति प्रक्रियालाई आधारभूत रुपमा सम्पन्न गरेका छौँ र हामीले हाम्रो इतिहासको सबैभन्दा कठिनमध्ये एक समयलाई पछाडि छाडेका छौँ। मुलुकको मौलिकतामा भर पर्ने हाम्रो सफल पाठले अरुलाई पनि उदाहरणका रुपमा सिकाउन सक्छ। हामीले जनताका प्रतिनिधिबाट संविधान लेखनको ऐतिहासिक जिम्मेवारी पनि सम्पन्न गरेका छौँ,’ उनले भने।
‘हाम्रो उद्देश्य भनेको समग्र लोकतन्त्र हो जसले व्यक्ति र राष्ट्रिय जीवनलाई सामाजिक तथा आर्थिक न्यायका साथै सबै अधिकार तथा स्वतन्त्रतामा सबल बनाउँछ। प्रतिस्पर्धात्मक बहुदलीय प्रजातन्त्र, कानूनी राज्य, स्वतन्त्र न्यायपालिकाका साथ हामीसँग सबैभन्दा राम्रो संविधानमध्ये एक छ भन्ने म विश्वास गर्छु नेपालको इतिहासमा पहिलो पटक संविधानले जनतालाई वास्तवमै सार्वभौम बनाएको छ र अब हामीले राजनीतिक रुपमा थप सङघर्ष गर्नु पर्दैर्न, यसले नेपाली जनताका लागि नयाँ युग उपलब्ध गराएको छ,’ उनले जोड दिए।
प्रधानमन्त्री ओलीले जनताका यी बलिया उपलब्धिमा टेकेर सामाजिक तथा आर्थिक प्रगति गर्न नसकिए दिगो नरहने भएकाले नेपाल सरकारले दिगो आर्थिक विकासलाई प्राथमिकता दिएको र सरकारको कार्यसूची ‘सुखी नेपाली र समृद्ध नेपाल’ मा आधारित भई सामाजिक आर्थिक सङ्क्रमणतर्फ लक्षित भएको बताए।
उनले नेपाली जनताले २०७२ सालमा व्यापक क्षति पुर्याउने भूकम्पपछि पनि राजनीतिक, आर्थिक तथा सामाजिक उद्देश्यका लागि एकीकृत र दृढ भएर शान्ति र सहयोगात्मक रुपमा उच्च लचकता देखाएको बताउँदै हाल पुनःनिर्माणले गति लिएको र आफूहरू छोटो समयमा सो कार्यलाई सम्पन्न गर्ने दृढ रहेको बताए।
उनले तीनै तहको निर्वाचनपछि बनेको सरकारलाई संसद्को तीन चौथाइ समर्थन प्राप्त भएको र आफ्नो दलको करीब दुर्इ तिहाइ बहुमत भएको उल्लेख गर्दै राजनीतिक स्थायित्वले महत्वपूर्ण नीतिगत स्थायित्व ल्याएको र यसले समाजिक आर्थिक विकासको कार्यमा महत्वपूर्ण प्रभाव पारेको अवगत गराए।
प्रधानमन्त्री ओलीले नेपालले समानता, आपसी सम्मान तथा लाभका सिद्धान्तका आधारमा छिमेकी मुलुकसँग मैत्रीपूर्ण, सहयोगात्मक, सन्तुलित सम्बन्ध राखेको र स्वतन्त्र कूटनीति सञ्चालन गरेको बताउँदै विश्वका प्रमुख शक्तिसँग नेपालको सम्बन्ध हुनाका साथै क्षेत्रीय सम्बन्ध बलियो, बढी स्पष्ट र उत्पादक बनेको उल्लेख गरे।
उनले नेपाली जनताले यी उपलब्धिका लागि ठूलो मूल्य तिरेको तथा अनेकतामा एक्ता र राष्ट्रियता विश्वासका कारण मुलुकको प्रमुख अभिरुचि भन्दा अन्य कुनै पनि विषय ठूलो हुँदैन भन्ने बुझेको बताउँदै नेपालका मित्र तथा शुभचिन्तकले पनि नेपाललाई शान्तिपूर्ण, स्थिर, लोकतान्त्रिक तथा समृद्ध मुलुक भएको देख्न चाहेको उल्लेख गरे।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९