पोखरा, १५ मंसिर। रोटरी क्लब अफ न्यूरोड पोखरा वर्ष २०१८/१९ को वाषिर्क साधारण सभाले पोखराका प्रतिष्ठित व्यापारी दिनेशचन्द्र बास्तोलालाई वर्ष २०१९/२० का लागि अध्यक्षमा निर्वाचित गरेको छ।
कार्यसमितिमा निवर्तमान अध्यक्ष पुष्पकमल पौडेल, प्रिसिडेण्ट इलेक्ट पशुपति शर्मा, प्रिसिडेण्ट नोमिनी सुवर्णप्रसाद कोइराला, प्रथम उपाध्यक्ष गीता सिग्देल, द्वितीय उपाध्यक्ष रामविक्रम अधिकारी, सचिव अब्राहम खान, कोषाध्यक्ष दीपेन्द्र शर्मा, निर्देशक क्लब एड्मिनिस्ट्रेशन इन्द्रबहादुर थापा, निर्देशक पब्लिक रिलेसन जोर्र्जिना भट्टराई, निर्देशक सर्भिस प्रोटेक्ट बविन बाग्दास, निर्देशक मेम्वरसीप दीनबन्धु गौतम, निर्देशक रोटरी फाउण्डेशन धनञ्जय सिं चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष बास्तोलाले सहसचिव अमृतराज बास्तोला, सहकोषाध्यक्ष शंकर ढुङ्गाना, क्लब इडिटर नरेन्द्र बास्तोला तथा क्लब मेन्टरमा पूर्व अध्यक्ष दिलीपराज श्रेष्ठलाई मनोनीत गरेका छन्।
निर्वाचन क्लबका आइपीपी प्रेमप्रसाद शर्माले सम्पन्न गरेका थिए। कार्यक्रममा क्लबका संस्थाका अध्यक्ष एवं गण्डकी आवासीय माविका प्राचार्य रव्रि्रसाद बराल, पूर्व अध्यक्षद्वय सुवास सिग्देल र दिलीपराज श्रेष्ठले पोखरा उद्योग वाणिज्य संघ कार्यकारी समितिका सदस्य समेत रहेका सफल व्यवसायी दिनेशचन्द्र बास्तोलाको नेतृत्वले रोटरी न्यूरोड पोखराको वर्ष २०१९/२० पूर्ण सफल पार्नेमा विश्वास व्यक्त गरे। कार्यक्रम अध्यक्ष पुष्पकमल पौडेलको अध्यक्षतामा सञ्चालन भएको थियो।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९