लेखनाथ, १५ मंसिर। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले युग सुहाउँदो विकास निर्माणका लागि युवाको नेतृत्वदायी भूमिका हुनुपर्ने बताएका छन् ।
लेखनाथ जेसिजको शनिबार २१ औं वाषिर्क साधारण सभा तथा २० औं शाखा अधिवेशन उद्घाटन गर्दै मन्त्री लम्सालले सो कुरा बताएका हुन् ।
उनले प्रदेशलाई पर्यटनको शहर बनाउन सृजनात्मक सोच आवश्यकता रहेको बताउँदै युवामा नवीनतम् सोच र सम्भावना खोजी गरी विकास निर्माणमा जुट्न आग्रह गरे ।
‘गण्डकी प्रदेश सम्भावना नै सम्भावना भएको प्रदेश हो । यसको संस्थागत विकासका लागि युवाले युग सुहाउँदो योजना ल्याएर विकास निर्माणको सारथि भएमात्र परिकल्पना गरेको प्रदेश बन्नेछ,’ मन्त्री लम्सालले भने ।
लेखनाथ जेसिज अध्यक्ष शालिकग्राम ओझाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष गोविन्द देवकोटाले युवा सुखी नेपाली र समृद्ध नेपाल बनाउन साक्षी भएर काम गर्नर्र् इच्छुक भएको बताए ।
लेखनाज जेसिजका संस्थापक अध्यक्ष बाबुराम जमरकट्टेलले लगानीमैत्री वातावरण भए युवा रोजगारीको लागि विदेशमा नभै स्वदेशै बसेर डलर कमाउन सक्ने तर्क राखेका थिए।
कार्यक्रममा लेखनाथ जेसिजका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, निवाचन संयोजक अर्जुन ओझा, पोखरा जेसिजका अध्यक्ष शिव सुवेदी, वडा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ लगायतले आ-आफ्नो धारणा राखेका थिए।
लेखनाथ जेसिजका सहसचिव सुजनबाबु न्यौपानेले संचालन गरेको कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष सन्दीप ढुंगानाले गरेका थिए।
अधिवेशनले आगामी आवका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९