लेखनाथ, १५ मंसिर । पोखरा उपत्यका बृहत् सरसफाइ अभियानको १३१ औं श्रृंखला पोखरा-२६ मा रहेको खास्टे र न्यूरेनी तालमा शनिबार सम्पन्न भएको छ। संरक्षण पर्खाइमा रहेको खास्टे र न्यूरेनी ताल किनारामा सो अभियानअन्तर्गत फोहर संकलन गरिएको हो। खास्टे ताल बाराही मन्दिरबाट शुरु अभियान दुवै ताल किनारको फोहर संकलन गरी उचित व्यवस्थापन गरिएको जनाइएको छ।
पोखरा बृहत् सरसफाइ अभियान संयोजक रामबहादुर पौडेलले खास्टे र न्यूरेनीलाई फोहर र मानवीय अतिक्रमणबाट बचाइराख्न सचेतना अभियान आवश्यक परेको भन्दै अभियान यहाँ ल्याइएको जनाए ।
१३१ औं श्रृंखला उद्घाटन गर्दै पश्चिम पृतना विजयपुरका पृतनापति काजीबहादुर खत्रीले सबैको साथ र सहयोगले आफ्नो घर, आँगन, गाउँ टोल हुँदै सिँगो राष्ट्रलाई फोहरमुक्त बनाउन सकिने धारणा राखेका थिए।
कार्यक्रममा पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल, अभियान संयोजक रामबहादुर पौडेल, डाँडाकोनाक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक मोहनबहादुर खाँड र खास्टे न्यूरेनी ताल संरक्षण समिति अध्यक्ष हरिप्रसाद अधिकारी लगायतले सबैको साथ र सहयोगले अभियान सम्पन्न भएकोमा खुसी ब्यक्त गरेका थिए। ताल संरक्षण र सरसफाइमा स्थानीय सरोकालवालाको समेत सहभागिता चाहिने भन्दै खराने युवा क्लब र राखी चौतारी युवा क्लबको सक्रियतामा हरेक शनिवार ताल वरपर सरसफाइ अभियान संचालन गर्ने भएको छ।
Related News
सम्बन्धित समाचार
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
सेनाले गर्यो बम डिस्पोज
तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९