पोखरा, १५ मंसिर।गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संघीयतामा धेरै सरकार भएर खर्च बढेका कारण यो टिक्न सक्दैन भन्ने धेरैलाई भ्रम भएको र वास्तविकता त्यो नभएको बताएका छन्।
सृजना विकास केन्द्र पोखराको ४१ औं वाषिर्क साधारणसभा तथा २० औं अधिवेशनको शनिवार उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन्।
चार हजार स्थानीय निकाय घटेर सात सय मात्र भएको र पहिलेको भन्दा प्रशासनिक खर्चसमेत घटेको बताउँदै मन्त्री गुरुङले भने- संघीयता महंगो छैन।
उनले सबै वर्ग र क्षेत्रलाई राजनीतिक मूलधारमा ल्याउन सकिने व्यवस्था नै संघीयता भएको उल्लेख गरे।
सृजना विकास केन्द्रले वित्तीय संस्थासमेत सञ्चालन गरेर देशको आर्थिक उत्थानमा सहयोग पुर्याएकोमा त्यसको प्रशंसा गरे। साथै, उनले रकम संकलन मात्र होइन, त्यसको परिचालनले आर्थिक उन्नति हुने बताए।
पोखरा-८ का वडाध्यक्ष एवम् केन्द्रका पूर्व अध्यक्ष रुद्रनाथ बरालले सिर्जनाले कास्कीबाहिर पनि सामाजिक र आर्थिक दुवै क्षेत्रमा योगदान पुर्याएको उल्लेख गरे।
सल्लाहकार समितिका सभापति विष्णुप्रसाद बरालले जनताले अझै पनि सुशासनको प्रत्याभूति गर्न नपाएको बताउँदै सरकारलाई देश विकासका लागि कृषि क्षेत्रमा जोड दिन आग्रह गरे।
पूर्व अध्यक्ष तथा सल्लाहकार गणेशबहादुर अधिकारीले राजनीतिक पूर्वाग्रह नराखेर संस्थालाई अगाडि बढाउनुपर्ने सुझाव राखेका थिए।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले राज्यले बजेट खर्च गर्न नसक्दा आर्थिक गतिविधि बढ्न नसकेको बताए।
सृजना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सावित्रा केसीले संस्थाको प्रगतिको कामना गरिन्।
कार्यक्रममा महासचिव मीनप्रसाद भट्टराईले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष इन्द्रप्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रथम उपाध्यक्ष कृष्ण थापाले स्वागत मन्तव्य राखेका थिए। निवर्तमान अध्यक्ष राजु पौडेलको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको सञ्चालन सचिव विश्व श्रेष्ठले गरेका थिए। उद्घाटन समारोहमा पाँच वर्ष पूरा गरेका कर्मचारीहरू खैरेनी शाखाका केन्द्रीय व्यवस्थापक अनिता थापा र लेखनाथ शाखाका केन्द्र व्यवस्थापक मीनबहादुर दुरालाई सम्मान गरिएको थियो। साथै सृजना बालगृहका र्एसर्इइ उत्तीर्ण परीक्षा नौ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
निर्वाचन कार्यक्रम आगामी शुक्रवार र शनिवार तय भएको निर्वाचन समितिका संयोजक राजकुमार गिरीले जानकारी दिए। समितिका सदस्यमा एकनारायण अर्याल र तारा गिरी रहेका छन्।
Related News
सम्बन्धित समाचार
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
बजेटमा निजी क्षेत्रको असन्तुष्टी
खेल पूर्वाधारतर्फ १५ करोड
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९