पोखरा, १२ मंसिर। नेपाली काँग्रेस गण्डकी प्रदेशका क्षेत्रीय सभापतिहरुले केन्द्रीय समिति बढीमा ९९ सदस्यीय बनाउन सुझाव दिएका छन्। पोखरामा भएको सभापतिहरुको भेलाले काँग्रेसमा धेरै केन्द्रीय सदस्य हुँदा निर्णयमा समस्या भएको भन्दै चुस्ता समिति बनाउन सुझाव दिएको हो।
‘केन्द्रीय समिति धेरै भएर मात्रै पार्टीबलियो हुने होइन। सानो आकारको चुस्त समिति बनाउन हामीले सुझाव दिएका हौं,’ भेलाका संयोजक विजयराज आचार्यले भने, ‘त्यसैले बढीमा २ अंक (९९) सदस्यीय समिति बनाउनु उपयुक्त हुन्छ। यही सुझाव केन्द्रीय समितिको बैठकमा पठाउँछौं।’
भेलाले योसँगै ६ बुँदे निर्णय गरेको छ। आगामी मंसिर २८ देखि हुने महासमिति बैठकमा क्षेत्रीय सभापतिहरुलाई अनिवार्य उपस्थित गराउनुपर्ने, परिमार्जित विधानमा प्रतिनिधिसभातर्फका क्षेत्रीय सभापतिलाई केन्द्रकै महासमितिमा पदेनसदस्य बनाउनुपर्ने तथा प्रदेशसभातर्फका क्षेत्रीय सभापतिलाई प्रदेश महासमिति सदस्य हुने गरी व्यवस्था गर्नुपर्ने, क्षेत्रीय सभापतिहरुलाई परिमार्जित संरचनामा काम गर्न समस्या भएकाले जतिसक्दो छिटो कामको बाँडफाँड गरिदिन पनि माग गरेको छ।
यस्तै, क्षेत्रीय सभापतिहरुको राष्ट्रिय सम्मेलन पोखरामा गर्न केन्द्रीय समितिसँग गण्डकी प्रदेशको माग छ।
काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरु जनसंख्याको आधारमा नभई क्रियाशील सदस्यताका आधारमा तोकिनुपर्ने व्यवस्था मिलाउन पनि उनीहरुले माग गरे। योसँगै वर्तमान सरकारले नागरिकको हितविपरीत काम गरिरहेको आरोप लगाउँदै उनीहरुले सरकारको कामप्रति भर्त्सना समेत गरेका छन्। कास्की क्षेत्र १ का सभापति बृजमान गुरुङको अध्यक्षतामा भएको भेलामा गण्डकी प्रदेशका साविक २३ वटै निर्वाचन क्षेत्रका सभापतिहरु सहभागी थिए।
Related News
सम्बन्धित समाचार
ढिलै भए पनि बजेट परिष्कृत आउँछः मन्त्री खड्का
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
मल बिउ माग्दै धर्ना
मल र बिउ माग गर्दै राप्रपाको धर्ना
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९बजेटको किचलोले संसद बैठक अनिर्णीत
असार १४, २०७९