पोखरा, १२ मंसिर। पाल्पाली समाज पोखरा स्थापनाको रजत वर्ष अवसरमा समाजले पोखरामा खुला रक्तदान कार्यक्रम गरेको छ।
महेन्द्रपुलमा बुधबार आयोजित सो कार्यक्रममा ३७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक समाजका द्वितीय उपाध्यक्ष बालचन्द्र परियारले जानकारी दिए।
प्रमुख अतिथि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले पहिलो रक्तदाता समाजका अध्यक्ष कुलप्रसाद घिमिरेलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए।
पाल्पा मूल घर भएका सहायक सिडिओ पन्थीले रक्तदानले कसैको ज्यान जोगिने हुँदा समाजले गरेको सह्राहनीय कार्यको प्रशंसा गरे।
कार्यक्रम संयोजक बालचन्द्र परियारले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुका साथै स्वागत मन्तव्य व्यक्त गरेका थिए।
समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव श्रीधर पराजुलीले गरेका थिए। कार्यक्रममा नेक्स्ट एजेकेशन फाउण्डेसन संचालक एवं समाजका सदस्य प्रकाश श्रेष्ठले फलफूल, अर्का सदस्य ठाकुरप्रसाद देवकोटाले जुस र प्रकाश अर्यालले पानी र दूध, नयन अन्सारले साउण्ड सिस्टम सहयोग गरेका थिए।
यसैबीच, समाजले स्थापनाको रजत वर्ष अवसरमा माटेपानीस्थित आनन्दित गृह नेपाल -हृयाप्पी होम) लाई सहयोग गरेको छ।
समाजका पूर्व अध्यक्ष नारायणप्रसाद पौडेलको स्पोन्सरमा समाजले वृद्धवृद्धालाई चिसोबाट बच्न हृयाप्पी होममा गुणस्तरयुक्त कार्पेट सहयोग गरेको हो।
कार्यक्रममा पौडेलसहित समाजका संरक्षक एवं पूर्व अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार जनपुकार मुनकर्मी, लोकनाथ काफ्ले, हृयाप्पी होम संचालक डा. यज्ञमान शाक्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रेशम रचक र संचालन महासचिव श्रीधर पराजुलीले गरेका थिए।
हृयाप्पी होम संचालक डा. शाक्य समाजका सल्लाहकार समेत हुन्। उनले आफ्नै प्रयासमा वृद्धवृद्धाको सहयोगका लागि दिवा सेवा सहित वृद्धवृद्धाको स्याहारसुसार व्यवस्था मिलाएका छन्।
पोखरामा २०३८ सालदेखि नै पाल्पाली चौतारोबाट स्थापित पाल्पाली समाज पोखरा २०५१ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यस क्षेत्रको पहिलो सर्म्पर्क समाज हो।
Related News
सम्बन्धित समाचार
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९