पोखरा, ११ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्रीले स्थानीय सरकार आफूखुसी चल्दा समृद्धि हासिल गर्न नसकिने बताएका छन् ।
पोखरामा मंगलबार शुरु गण्डकी प्रदेशको प्रदेश समन्वय परिषद् बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले संविधान, संघ र प्रदेशका कानून बेवास्ता गरेर आफूखुसी कानून निर्माण गर्दा समस्या उत्पन्न हुने बताएका हुन् ।
‘नगरसभाले कानून बनाउँदैन, गाउँसभाले कानून बनाउँदैन । नगरपालिका र गाउँपालिकाले कानून बनाइरा’छ । मैले धेरैतिरबाट सुनेको छु । यो अबैध छ,’ स्थानीय तहमा भएको डोजर आतंकतर्फ लक्षित गर्दै उनले भने,’ साथीहरुले ख्याल गर्नुस् । एकदिन डोजरले घिसारेर अख्तियार पुर्याउला । नियम कानून मिचेर अघि बढ्न सकिँदैन ।’स्थानीय तहले आफै डोजर खरिद गर्ने र मनपरी चलाइरहेकोप्रति उनको भनाइ लक्षित थियो । उनले भ्रष्टाचार र अनियमितताको नियन्त्रणमा ध्यान केन्द्रित गर्न स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरे । ‘ढुंगा गिटी बालुवाको निर्णय व्यक्तिगत गर्नुहुन्न । संस्थागत निर्णय गर्नुपर्छ । मनपरि चलेका क्रसर उद्योग र खानीहरुलाई नियमभित्र ल्याउनुपर्यो,’ उनी भन्छन्, ‘विधिभित्र छिराउन भए पनि केही समय खानी चलाउन बन्द गर्नुपर्ने अवस्था छ । हामीले बोलाउँदा आएनन् । अब बन्द गरिदिएपछि दर्ता हुन आउँछन् ।’
मुख्यमन्त्री गुरुङले आफूहरु स्वतन्त्र सरकार नभएको दोहोर्याए । ‘हामी स्वतन्त्र सरकार होइनौं, स्वायत्तमात्रै छौं । हामीलाई कानून बनाउने, बजेट बनाउने अधिकार छ । त्यसैले हामी सरकार हो,’ उनले थपे,’ तर संविधान फरक बनाउने अधिकार छैन । एउटै संविधानबाट चल्ने हो । त्यसैले हामी स्वतन्त्र छैनौं ।’ उनले जिल्ला समन्वय समिति चाहीँ सरकार हुन नसक्ने बताए । प्रदेश र संघको कुरा नसुनिकन स्थानीय तहले काम गरे त्यो, निन्दनीय र खण्डनीय भएको उनको दाबी छ । उनले सरकार गठनदेखि हालसम्मको अवस्था मूल्यांकन गर्दा उत्साही भएको धारणा राखे । ‘प्रदेश सरकारले पनि संविधानलाई नटेर्ने र केन्द्रलाई उछिनेर गर्ने काम उत्तिकै आलोचनायुक्त छ । यस्तोबाट हामी बच्नुपर्छ,’ उनले अघि भने, ‘स्थानीय र प्रदेश सरकारलाई अलग बनाएर मुलुकको समृद्धि हासिल गर्छु भन्ने सोच संघले राख्यो भने पनि त्यो असम्भव छ । एक्लैले समृद्धि हासिल गर्न सक्दैन । समझदारीको आधारमा अघि बढ्ने हो ।’ मुख्यमन्त्री गुरुङले उद्घाटन र शिलान्यासमा मन्त्री र सांसदलाई धेरै नबोलाउन स्थानीय सरकारसँग आग्रह गरे । ‘गाउँमा मन्त्री, मुख्यमन्त्री सांसद लैजाने कुरालाई प्रतिष्ठासँग जोड्छौं । त्यसलाई ठूलो ठान्छौं । त्यो ठूलो कुरा होइन,’ उनले भने, ‘मुख्यमन्त्रीलाई उद्घाटन र शिलान्यासमा धेरै नबोलाउनुहोला । शिलान्यास र उद्घाटनभन्दा उपलब्धि कति भयो, त्यो महत्वपूर्ण हो ।’ कर्मचारी र केन्द्रिय सरकारमा पुरानै मानसिकता भएका कारण सोचेजति काम गर्न नपाएको उनको टिप्पणी छ ।
दुर्इ दिनसम्म चल्ने गण्डकी प्रदेशको प्रदेश समन्वय परिषद बैठकमा मंगलबार केही एजेण्डाबारे छलफल भएको छ । कार्यक्रममा श्रोतसाधनको परिचालन र वित्त व्यवस्थापन, संघीयताको सैद्धान्तिक पक्ष र अभ्यास, संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध, स्थानीय तहमा योजना तर्जुमा प्रक्रिया, स्थानीय तहमा कानून निर्माण प्रक्रिया लगायत विषयमा विषयविज्ञहरुले सहजीकरण गरे।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संघीय संरचना सफल नभए सबैको बलिदानी र मेहनत खेर जाने बताए । ‘प्रतिपक्षीको सरकारलाई विरोध छैन । प्रतिपक्षी पनि सरकारलाई सफल बनाऔं भनेर लागिरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा पनि काम गर्न केले रोक्यो, समयमा काम किन भएन -’ उनले समस्या साझा ढंगले पहिल्याएर समाधान खोज्नुपर्ने सुझाव दिए । प्रदेशसभाका विपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सबै दल मिलेर विकासको काममा हातेमालो गर्ने बताएका छन् ।
जिल्ला समन्वय समिति स्याङ्जा प्रमुख सीता सुन्दासले स्थानीय तह, प्रदेश र संघबीच समन्वय नभए जनताले महसुस गर्ने गरी काम गर्न नसक्ने बताइन् । उनले समन्वय समितिहरु पुलको रुपमा काम गर्न तयार रहेको उल्लेख गरिन् ।
मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले नयाँ संरचनाले जनतालाई झनै सास्ती भएको बताए । ‘पाँच वटा वडाको काम एउटै सचिवले गर्नुपर्छ । सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्,’ उनले भने, ‘तर अहिले जनप्रतिनिधि निकै आलोचित भैरहेका छन् । एकातिर कर्मचारीले सहयोग गर्दैनन् । अकोर्तिर गलत गर्नेलाई कारबाही गर्ने अधिकार छैन । कसरी राम्रो काम गर्न सकिन्छ ?’
केही निर्णयको घोषणासँगै बैठक बुधबार सकिनेछ । बैठकमा प्रदेशभित्रको ८५ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख सहित सांसद र मन्त्रीहरुको उपस्थिति छ ।
Related News
सम्बन्धित समाचार
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
hero news full width
मुख्य समाचार
गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९