काठमाडौँ ११ मंसिर । नेपाल विद्यार्थी संघको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुस २८ देखि ३० गतेसम्म हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरी १२ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा संघ अध्यक्ष नैनसिंह महरले विधान र नियमावलीलाई अन्तिम रुप दिएर पार्टीले नेविसङ्घलाई पठाएकाले निर्वाचनको मिति सार्वजनिक गरिएको बताए ।
कार्यतालिकाअनुसार मंसिर २२ गतेभित्र देशभरका सबै मावि र उच्चमाविको अधिवेशन गरिसक्नुपर्ने, २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र ७७ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने र पुस २८ देखि ३० गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने जनाइएको छ ।
तोकिएको समय सीमाभित्र अधिवेशन सम्पन्न नगर्ने जिल्ला समिति स्वतः भङ्ग हुने र महाधिवेशन भाग लिन नपाउने नेवि संघले जनाएको छ । अध्यक्ष महरले निर्वाचन सम्पन्न गर्नका लागि बुधबारसम्म सबै जिल्ला तथा क्याम्पसमा प्रतिनिधि खटाइसक्ने जानकारी दिए ।
यसअघि कात्तिक १६ देखि १८ गतेसम्म महाधिवेशनको समय तोके पनि विधान र उमेर हद विवादका कारण नेविसङ्घको महाधिवेशन हुन सकेको थिएन ।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९