पोखरा, ११ मंसिर । लायन्स क्लब अन्तर्राष्ट्रियका प्रथम भाइस प्रेसिडेन्ट जङ युल चोइले आफूले जुलाईबाट लायन्स अन्तर्राष्ट्रियको नेतृत्व सम्हालेपछि नेपालजस्ता विकाशोन्मुख राष्ट्रको सहयोगमा वृद्धि गर्ने बताएका छन् ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालद्धारा पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले समाजसेवाका क्षेत्रमा गरिने सामाजिक कार्यका लागि सहयोग वृद्धि गरी सेवाका क्षेत्रलाई अझ प्रभावकारी बनाउने उल्लेख गरे ।
उनले विश्वका २१४ मुलुकहरुमा फैलिएको यस संस्थामा १४ लाख सदस्य रहेको बताउँदै नेपाल जस्ता अविकसित मुलुकको आर्थिक विकाससँग्ौ लायन्स सदस्यहरुको वृद्धि हुने बताए ।
महिलाहरुको सहभागिता र उच्च नेतृत्वबारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा उनले लायनवादमा विश्वबाट ३० प्रतिशत महिलाहरुको सहभागिता रहेको बताए ।
उनले भने, ‘सन् १९८७ देखि लायन्समा महिलाहरुले विभिन्न तहमा नेतृत्व गरेका छन् । दक्षिण एसियाली मुलुक पाकिस्तानबाटै पहिलो महिला अन्तर्राष्ट्रिय डाइरेक्टर भएकी छन् । अहिलेसम्म दुर्इ दर्जनभन्दा बढी महिलाले उच्च नेतृत्व गरिसकेका छन् ।’
उनले नेपालले पनि छिट्टै अन्तर्राष्ट्रियको नेतृत्व गर्ने बताए । उनले कडा परिश्रम र मिहिनेतबिना मुलुकको विकास र समृद्धि सम्भव नभएको बताए । कोरिया कडा परिश्रम र मेहनतबाट नै विकसित बन्न सफल भएको चोइको दाबी थियो । मेहनतबाट नै विश्वकै उत्कृस्ट ब्राण्डजस्तो सामसङ र हुण्र्डाई जस्ता उत्पादनले विश्वलाई च्यालेञ्ज गरिरहेको उनको भनाइ थियो ।
लायन्स अन्तर्राष्ट्रियका एलसीआइएफ लिडर बालकृष्ण बुलाकोलीले लायन्स अन्तर्राष्ट्रियले सामाजिक क्षेत्रमा गरेका विभिन्न योजनाबारे जानकारी गराए।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९