पोखरा, १० मंसिर। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज खरिद प्रक्रियामा दोषी ठहरिनेलाई कारबाही हुने बताएका छन्।
‘संसदीय समिति र अख्तियारले छानबिन गरिरहेको छ,’ उनले भने, ‘खरिद प्रक्रियामा जसको गल्ति देखिन्छ, उसलाई कारबाही हुन्छ।’
पोखरामा सोमबार आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले छानबिनको प्रतिवेदन नआएसम्म यसै हो भन्न नसकिने बताए।
खरिद प्रक्रियाको त्रुटी बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न आफ्नो सहयोग रहेको बताउँदै उनले छानबिनलाई सहयोग गर्न मातहत निकायलाई निर्देशन दिएको उल्लेख गरे।
उनले बाहिर भनिएजस्तो वाइडबडी भाडामा भने नल्याइएको स्पष्ट पारे। ‘पच्चीस करोड भन्सार तिरिएको छ । अर्थ मन्त्रालयबाट रकम गएको छ, क्यानले सर्टिफाइड गरेको छ,’ उनले भने, ‘भाडामा ल्याएकोबारे कतैबाट पुष्टि भएको छैन।’
मन्त्री अधिकारीले सरकारले आर्थिक वर्ष २०७१/०७२ देखि नै जहाज खरिदका लागि योजना ल्याएको र आर्थिक वर्ष ०७३/०७४ मा सबै प्रक्रिया सकिएको दाबी गरे।
‘मैले मन्त्रालयको जिम्मेवारी लिनु अघि नै सबै प्रक्रिया सकिएको थियो,’ उनले भने, ‘मैले जिम्मेवारी लिएपछि जहाज आएको हो।’
उनले हवाइ क्षेत्रमा सुशासन ल्याउन खोजेपछि नाजायज फाइदा लुटिरहेकाहरु आत्तिएर आफूलाई आक्रमण गरिरहेको बताए। उनले हवाइ सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउन प्रयास गरिएको जानकारी दिए।
मन्त्री अधिकारीले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य ‘फूल फेज’ मा अघि बढेको बताए।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९