पोखरा, १० मङ्सिर। पोेखराको शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्याएका शिक्षासेवी रामबहादुर थापाको निधन भएको छ।
६८ वषीय थापाको सोमवार बिहान आफ्नै निवास पोखरा-८ नयाँबजारमा निधन भएको हो।
जनप्रिय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक थापाले उक्त विद्यालयमा अनवरत रूपमा ४० वर्ष अध्यापन गराएका थिए।
यसैगरी, जनप्रिय बहुमुखी क्याम्पस स्थापनामा पनि थापाको उल्लेख्य योगदान र भूमिका रहेको थियो। शिक्षा सँगसँगै सामाजिक क्षेत्रमा पनि क्रियाशील थापाको नेपाल स्काउटमा पनि विशेष देन रहेको छ। उनी नेपाल स्काउटका पूर्व पश्चिाञ्चल क्षेत्रीय संयोजक तथा अन्तर्राष्ट्रिय प्रशिक्षकसमेत रहेका थिए।
उनी चिल्डे्रन नेपालका निवर्तमान अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी, एम्नेष्टी इन्टरनेशनल र क्षयरोग निवारण संघका आजीवन सदस्य, स्पेशल ओलम्पिक संस्थाका अध्यक्ष, नेपाली काँग्रेसका क्रियाशील सदस्य, नेपाल बहिरा संघ, सुस्त मनस्थिति कल्याण संघ, सामीप्य समाजलगायतका संस्थामा आवद्ध थिए।
थापाका एक श्रीमती, एक छोरा, चार छोरी, चार भाइ र एक बहिनी रहेका छन्।
उनका छोरा धीरज थापा मानवअधिकार शान्ति समाज कास्कीका निवर्तमान अध्यक्ष हुन्।
स्व. थापाको सोमवार बिहानै तुलसीघाटमा दाहसंस्कार गरियो।
अन्त्येष्टि अघि उनको पार्थिव शरीरमा नेपाल स्काउटका पूर्व पश्चिमाञ्चल क्षेत्रीय आयुक्त शारदा पराजुलीले स्काउटको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेकी थिइन्। त्यसअघि आयोजित श्रद्धाञ्जली सभाको सञ्चालन थापालाई ३७ वर्षसम्म साथ दिएका जनप्रिय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक नारायण पराजुलीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’
जिसस महासंघ गण्डकीको सपथ
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९