धवलागिरीमा दन्त शिविर

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७५
hemja teath check photo

हेमजा, १० मंसिर। हेमजास्थित धवलागिरी बोर्र्डिङ स्कूलमा सोमवार निःशुल्क दन्त शिविर सम्पन्न भयो।

पोखरा न्यूरोडस्थित कान्तिपुर इन्स्टिच्युड अफ हेल्थ साइन्सेस एण्ड कान्तिपुर डेन्टल हस्िपटलको आयोजनामा भएको शिविरमा डेन्टल हाइजेनिष्ट अञ्जु विकको नेतृत्वमा १८ जनाको टोली खटिएको थियो। शिविरमा कक्षा युकेजीदेखि १० सम्मका ६ सय विद्यार्थीको दन्त परीक्षण गर्नुका साथै १४ विद्यार्थीको सामान्य दाँत भर्ने तथा २३ विद्यार्थीको दात झिक्ने कार्य गरिएको विद्यालयका को-अर्डिनेटर शिक्षक प्रदीप सापकोटाले जानकारी दिए।

शरीरको वृत्ति विकासका लागि हरेक कुरा दाँतले चपाएर खानुपर्ने भएकाले दाँतको सुरक्षामा सबै चनाखो हुनुपर्ने डेन्टल हाइजेनिष्ट विकको भनाइ छ।

विद्यालयका सहायक प्रअ चन्द्रकान्त भट्टराईले विद्यार्थीको स्वास्थ्य अवस्थाप्रति विद्यालय प्रशासन गम्भीर रहेको जनाउँदै विद्यालय खाजामा फास्ट फुडलाई निरुत्साहित गरेको उल्लेख गरे।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width