हेमजा, ९ मङ्सिर ।ठुलाखेत-प्याउदी ठूलाचौर-प्रेमेस्ती-भदौरे-पंचासे मोटरबाटो निर्माण भएसँगै सो सडकमा आइतवारदेखि जीप संचालन हुन थालेपछि त्यस क्षेत्रका बासिन्दामा खुशीयाली छाएको छ ।
जीप संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाले आफूहरु विरामी हुँदा उपचारका लागि सजिलै पोखरा र्झन सक्ने, स्थानीय उत्पादनले बजार पाउने, गाडी रिर्जर्व गरेर महङ्गो शुल्क तिरी गाउँ जाने आफूहरुको बाध्यता टर्ने तथा छोटो समयमै गाँउबाट पोखरा र्झन सक्ने विश्वासका साथ उनीहरु खुशी भएका हुन् ।
शनिवार मात्रै सम्पन्न उक्त बाटोमा आइतवारदेखि दुर्इ भाडाका जीप संचालनमा आएका छन् । स्थानीयले आइतवार ७ यात्रु लिएर सोही बाटो हुँदै भदौरेबाट पोखरा हल्लनचोकका लागि छुटेको ग १ ज ४८१० नंं. को जीपका चालक भदौरेनिवासी मीनबहादुर गुरुङ तथा गुरुङ सामुदायिक होमस्टेका रुपेश गुरुङलगायतको टोलीलाई ठूलाचौरमा भजन चुड्काले साथै त्यस क्षेत्रबाट पोखरा झरेका वासिन्दाले लेकसाइडमा अविर र खादा लगाई स्वागत गरेका छन् ।
हल्लनचोकदेखि भदौरेसम्म २० किलोमिटर लम्बाईको सो सडक पोखरा-बाग्लुङ राजमार्गको वैकल्पिक मार्ग बन्न सक्ने अपेक्षा गरिएको छ । त्यसका साथै अन्नपूर्ण गाउँपालिकाको रिङरोडको अवधारणालाई पनि बाटोले सहयोग गर्ने, पन्चासेको पर्यटन एवं धार्मिक क्षेत्रमा टेवा पुग्ने, पन्चासे क्षेत्रमा जानलाई पोखराबाट छिटो हुने विश्वास पनि गरिएको छ । जसबाट पोखरा २३ र २४ तथा अन्नपूर्ण गाउँपालिकाका वडा नं. १, २, ३, ४ र ५ वासी प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ ।
२२ दिन लगाएर सम्पन्न गरिएको उक्त बाटो निर्माण गर्न पछिल्लो चरणमा रु.२२ लाख खर्च भएको छ ।जसमध्ये ५ लाख गाउँपालिकाले सहयोग गरेको समितिका अध्यक्ष सूर्य दाहालले बताए । यात्राका क्रममा दुर्इ ठाउँ झाक्री थानको छेउ तथा कमेरे गौँडा भन्ने ठाँउमा बाटोको अवस्था सुधार गर्नुपर्ने महशुस आफूले गरेको जीप चालक गुरुङको भनाई छ ।
जीपमा सवार गुरुङ सामुदायिक होमस्टे भदौरेका प्रोप्राइटर रुपेश गुरुङले बाटो खुलेसँगै सो क्षेत्रका बस्तीहरु उज्यालो भएको तर्क गर्दै बाटोको प्रयोग गरी जंगल सफारी गर्न सकिने पनि बताए । उनले काँडे-धारापानी हुँदै पोखरा निस्कन भन्दा सो सडक प्रयोग गरेमा आधा घण्टा छिटै पोखरा र्झन सकिने पनि जनाएका छन् ।
गणपति टुर्स एण्ड ट्राभल पोखराका निर्देशक रामचन्द्र दाहालले पंचासे यात्राका लागि उक्त बाटो लाभदायक रहेको दाबी गरे । उनले उक्त बाटोबाट रमाइला दृष्यहरु अवलोकन गर्दै यात्रा गर्न पाइने पनि बताए । सवारी आवातजावत भएसँगै बाटोको सेवा क्षेत्रमा विकासको लहर खुल्ने स्थानीयको अपेक्षा छ ।चूडामणि दाहाल (राजु)को संयोजन, किशोर दाहालको विशेष सहयोगमा भएको कार्यक्रम मोटरबाटो निर्माण समितिका अध्यक्ष सूर्य दाहालको अध्यक्षतामा तुलसी दाहालले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
आज सहिद दिवस
पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी, आगामी दिनमा यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता
पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
हेम्जामा सेती किनारकाे सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइयो
रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९