पोखरा, ९ मङ्सिर ।जेसीआइ पोखराको अध्यक्षमा सन्तोष शाही निर्विरोध निर्वाचित भएका छन्।
जेसीआई पोखराको ३९ औ अधिवेशन तथा ४४ औ बाषिर्क साधारणसभाले वर्ष २०१९ का लागि अध्यक्षमा जेसी शाहीलाई निर्बिरोध निर्वाचित गरेको हो । शनिबार पोखरामा भएको अधिवेशनले शाही सर्वसम्मत् निर्वाचित भएका हुन् ।
समितिको कार्यकारिणी उपाध्यक्षमा मोहनप्रसाद अधिकारी, उपाध्यक्षहरुमा शंकर कँडेल, सन्तोष ओझा, सन्तोषकुमार रानाभाट र बिनोद केसी निर्वाचित भएका छन् । त्यसैगरि, निर्देशकहरुमा र्सुयबहादुर केसी, बिजय कुइकेल, श्रीकृष्ण सुनार र सुमन पहारी छन् ।
निर्वाचित अध्यक्ष सन्तोष शाहीले कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमश मिनराज खड्का, शक्ति बरुवाल, अनन्त प्रधानाङ्ग र भाइराज रानामगरलाई मनोनीत गरेका छन्।
अध्यक्षका अर्का प्रत्यासी शिव सापकोटाले सन्तोष शाहीलाई बर्ष सफल बनाउन रचनात्मक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । शाही युनिस्टार एजुकेशनका संचालकलगायत बिभिन्न सामाजिक संस्थामा आवद्ध छन् ।
निर्वाचन आयुक्त तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी गोविन्द देवकोटाले प्रजातान्त्रिक पद्धतिलाई अत्यधिक अभ्यास गर्ने जेसीआई पोखराको नेतृत्व यस बर्ष सर्वसम्मत चयन भएकोले पोखरा जेसीजका गतिबिधि अझै परिस्कृत गर्दै अगाडि बढ्ने बिश्वास ब्यक्त गरे ।यसअघि, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा कुँवरले गत वर्षको र्एसइर्इ परीक्षामा उत्कृष्ट सामुदायिक बिद्यालयतर्फ शितलादेवी माविलाई सम्मानपत्रद्वारा सम्मान गरे ।
त्यसैगरि, र्एसइर्इ परीक्षामा एक छात्र र एक छात्रालाई सम्मान गरिनुका साथै पोखरा सराङकोटस्थित मणिज्योति आधारभुत बिद्यालयका दुर्इ/दुर्इ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सम्मानीत विद्यार्थी र व्यक्तिहरुलाई जेसीआई पोखरा २०१८ का अध्यक्ष शिव सुवेदीले मायाको चिनो तथा सम्मानपत्र प्रदान गरेर सम्मान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९