पोखरा, ९ मङ्सिर।लायन्स क्लब अफ पोखरा समर्पण र एक्स सर्भिसमेन एण्ड फेमिलिज सपोर्ट सोसाइटीको आयोजनामा मधुमेह सचेतना कार्यक्रम सम्पन्न भएको छ।सचेतना कार्यक्रमका लागि वेलफेयर सेन्टरका वरिष्ठ डाक्टर सचित गुरुङ, डा राजेन्द्र राईको टिमले सहयोग गरेको गरेको थियो। परीक्षणबाट ८२ जना लाभान्वित भएको कार्यक्रम संयोजक आभा जोशीले जानकारी दिइन्। कार्यक्रममा लायन्स क्लब ३२५ बी १ का चिफ एडभाइजर धु्रव श्रेष्ठ, एक्स सर्भिसमेन एण्ड फेमिलिज सपोर्ट सोसाइटीका अध्यक्ष मेजर हेमचन्द्र राई र कास्की वेलफेयर सेन्टरका वरिष्ठ एडब्लुओ मेजर सोभितहमालले मधुमेह सचेतना कार्यक्रमको आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए।
कार्यक्रमपश्चात गोर्खा वेलफेयर ट्रष्ट नेपालद्वारा कास्की वेलफेयरको हातमा सञ्चालित वृद्धाश्रममा जेष्ठ नागरिकसँग भलाकुसारी, फलफूल तथा खाद्यान्न वितरण गरिएको थियो।
क्लबका अध्यक्ष मिना लाभाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सरसिज पालिखेले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९