पोखरा, ८ मंसिर । १३० औं हप्ताको पोखरा बृहत् सरसफाइ अभियानअन्तर्गत शनिवार न्यूरोड र सिर्जनाचोक क्षेत्रमा सरसफाइ गर्नुका साथै सचेतनामूलक र्याली प्रदर्शन गरिएको छ ।
पोखरा महानगरको गेटबाट शुरु र्याली सिर्जनाचोक पुगेर समापन भएको थियो । सो अवसरमा महानगरका मेयर मानबहादुर जिसीले अभियानले पोखरेलीलाई सरसफाइ गर्नुपर्ने धारणाको विकास गराएको बताए। उनले पोखराका फिर्के र बुलौंदी सफाइपछि पानीमा केही शुद्धिकरण भएको भन्दै यसको निरन्तरताको लागि आहृवान गरे। उनले मानवतालाई ख्याल गरेर फोहर नगर्न सबै नगरवासीसँग आग्रह गरेका छन्।
शनिवार गरिएको सरसफाइमा १ टन फोहरमैला संकलन भएको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिए।
सरसफाइ अघि उपस्थित सहभागीलाई मेयर जिसीले शपथ गराएका थिए। ‘सातामा एक घण्टा, राष्ट्रका लागि स्वयंसेवा’ भन्ने उदघोष सहित नागरिक समाज पोखराको अगुवाइमा पोखराका विभिन्न सामाजिक संघसंस्थाले सरसफाइ अभियान चलाएका हुन्।
अभियानमा विभिन्न आमा समूह, सामाजिक संघसंस्था, विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी लगायत सर्वसाधारण नागरिकको उपस्थिति थियो।
कार्यक्रममा सफाइ अभियानअन्तर्गत न्यूरोड क्षेत्रमा १ सय वटा व्यवस्थित डस्टबिन राखेर सहयोग गर्ने लक्ष्मी बैंक सहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो। अभियानमा सघाउने सबैलाई वडा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले धन्यवाद ब्यक्त गरे।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९