पोखरा, ८ मंसिर। गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले कुरा अनुरुपको काम र काम अनुरुपको कुरा हुुनुपर्ने बताएका छन्।
राममन्दिर सञ्चालक समिति पोखरा-१७ को १५ औं वाषिर्क साधारण सभाको शनिवार उद्घाटन गर्दै प्रदेश प्रमुख कुु’वरले उक्त कुरा बताएका हुन्।
सामाजिक क्षेत्रमा क्रियाशीलताका आधारमा मानिस युवक हुने उल्लेख गर्दै उनले भने- सक्रिय छ भने वृद्ध पनि युवा हुन्छ।
साथै उनले धार्मिक, सामाजिक क्षेत्रमा युवा पिँढीको सहभागिता कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे।
सांसद वृन्दा रानाले सामाजिक क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने बताइन्।
कार्यक्रममा पोखरा-१७ का वडाध्यक्ष तीर्थराज अधिकारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेल, मन्दिरका आजीवन सदस्य पिताम्बर बराल, दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर थापा, रामेश्वर टोल विकास समितिका अध्यक्ष लीलाप्रसाद पगेनीले शुभकामना मन्तव्य राखेका थिए।
समारोहमा विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेमा मन्दिरलाई कम्प्युटर सौजन्य गर्ने हितकाजी गुरुङ, सोलार बत्ति सौजन्य गर्ने राजु पौडेल र आर्युवेद पथ टोलविकास संस्था, कापेट सौजन्य गर्ने पवन कुमार र विविध सहयोग गर्ने गुप्तेश्वर गुफा व्यवस्थापन समिति, विश्वहिन्दू महासंघ, स्वामी नारायण मुक्तिनाथ विकास ट्रष्ट र लीलाभक्त आचार्य फाउण्डेशन रहेका छन्।
मन्दिर समितिका अध्यक्ष लीलाभक्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रुद्रनाथ बरालले स्वागत सचिव पुण्डरीप्रसाद बरालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गंगाधर पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
अध्यक्षमा लीलाभक्त
श्रीराम मन्दिर सञ्चालक समितिको शनिवार सम्पन्न १५ औं वाषिर्क साधारणसभाले लीलाभक्त आचार्यको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ। उक्त समितिका सदस्यमा पुण्डरीप्रसाद बराल, गंगाधर पौडेल, माधवप्रसाद बराल, डिल्लीरमण पोखरेल, गीता सुवेदी, इन्दिरा थापा, रामप्रसाद सुवेदी र रेशमीराज सुवेदी चयन भएका छन्। अध्यक्षले चार जना सदस्य मनोनित गर्ने तथा कार्यसमितिले कार्यविभाजन गर्ने प्रावधान रहेको निर्वाचन समिति संयोजक रितबहादुर थापाले जानकारी दिए। थापाको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो। समितिका सदस्यमा लक्ष्मण कार्की, कृष्णप्रसाद पौडेल र भोजराज बराल रहेका थिए।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९