सप्तरी, ८ मंसिर । सप्तरीमा ११ महीनाको अवधिमा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित भएको घटना सार्वजनिक भएको छ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा संकलित मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको प्रकाशन पूर्व राजविराजमा आयोजित वाषिर्क मीक्षा गोष्ठीमा इन्सेक सप्तरीले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो। जसमा बालिका बलात्कारका ३३ र महिला बलात्कारका ११ तथा बालिका बलात्कार प्रयासका १३ र महिला बलात्कार प्रयासका चार घटना सार्वजनिक भएको छ।
प्रतिवेदनअनुसार बालिका बलात्कारको ३२ घटनामा दुर्इ र तीन वर्षीया समेत गरी ३३ बालिका पीडित भए। १२ देखि ६५ वर्षीय वृद्धसमेत ४३ आरोपितमध्ये १७ थुनामा र ११ विरुद्ध पक्राउ पूर्जी जारी भयो भने छ फरार छन्। बाल बिज्याइको आरोपमा दुर्इ संरक्षकको जिम्मामा, दुर्इ बालकको कैद सजाय स्थगन भएको छ। तीन जनाले सफाइ पाए, एक जना धरौटीमा रिहा भए भने एक मंसिर १ मा पक्राउ परेका छन्।
महिला बलात्कारको ११ घटनामा १९ वर्षीयादेखि ७० वर्षीयासम्म पीडित बनेको घटना अभिलेख गरिएको छ। आरोपित २४ जनामा १७ वर्षीयदेखि ६५ वर्षीयसम्मका रहेका छन्। जसमध्ये १० थुनामा, सात फरार, छ जनामाथि पक्राउ पूर्जी वारेण्ट जारी भएको छ भने एकजनाले सफाइ पाएका छन्। महिला यौन दुर्व्यवहारका चार घटनामा चार महिला पीडित र पाँच आरोपित देखिएको छ। आरोपितमध्ये दुर्इ जनामाथि पक्राउ पूर्जी, दुर्इ जना धरौटीमा रिहा भए भने एक जनाले सफाइ पाएका छन्।
बालिका यौन दुर्व्यवहारका १३ घटनामा तीन र छ वर्षका बालिकासमेत पीडित बने। आरोपित १३ वर्षीयदेखि ६५ वर्षीयसम्म १६ जना रहेका छन्। जसमध्ये तीन बालक बालसुधारगृहमा, एक संरक्षकको जिम्मामा र एक बालक थुनामा छन्। एक जनालाई कैद सजाय, पाँच थुनामा, एक जनामाथि पक्राउ पूर्जी जारी, एक जना फरार छन् भने तीन जना धरौटीमा रिहा भएका छन्।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९