पोखरा, ८ मंसिर। कुँवर टोल विकास संस्था पोखरा ८ को आयोजना तथा कारितास नेपाल फिल्ड कार्यालय कास्कीको आर्थिक सहयोगमा कौशी खेती तालिम भएको छ।
तालिम उद्घाटन गर्दै वडाध्यक्ष रुद्रनाथ बरालले शहरी क्षेत्रमा बसाइँको चाप धेरै भएकोले भान्साबाट निस्कने फोहर व्यवस्थापन गर्न यस खालका तालिमले सहयोग पुर्याउने बताए।
वडासदस्य कृष्णमान ठुसाजुले आफूले पाउने मासिक भत्तामा रकम थप गरी मासिक १० हजार रुपैयाँ विभिन्न लक्षित वर्गका कार्यक्रममा अक्षयकोष स्थापना गर्ने घोषणा गरे। उनले यसअघि ५ सामाजिक संस्थामा अक्षयकोष स्थापना गरेको समेत जानकारी दिए।
लायन्स क्लब अफ पोखरा पिस टाउनको समन्वयमा भएको कार्यक्रममा कारितास नेपालका फिल्ड कार्यालय प्रमुख शोभा आचार्य, लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष डा वीनिता कोइरालाले बोलेका थिए।
कुँवर टोल विकास संस्थाकी अध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष एकता केसीले स्वागत र सचिव राजकुमार श्रेष्ठले संचालन गरेका थिए।
एक दिने सो तालिममा सहभागी ४० जनालाई एक एक थान माछाको कार्टुन र हरेक कौशीवालालाई उपयोग हुने बीउ वितरण गरिएको थियो।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९