पोखरा, ६ मंसिर । मेडिलिङ्क होम कियरले पोखरा उपत्यकामा घरघरै डाक्टरी सेवा दिने भएको छ । अस्पताल जान नसक्ने र व्यस्त जीवनशैलीका मान्छेहरुलाई घरमै पुगेर स्वास्थ्य सेवा सञ्चालन गरिएको हो । विहीवार पत्रकार सम्मेलन गरी सेवाबारे जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मेडिलिङ्क होम केयरका सञ्चालक उत्तम खतिवडाले बच्चादेखि वृद्धासम्मलाई आफ्नै घरको सुविधायुक्त वातावरणमा रेखदेख गरी सेवा उपलब्ध गराउने उद्देश्यले होम केयर सञ्चालनमा ल्याएको जानकारी दिए ।
उमेर ढल्कदै जाँदा विभिन्न स्वास्थ्य समस्या देखा पर्दै जाने हुँदा मेडिलिङ्कले डाक्टरी सेवा, नर्सिङ सेवा, फिजियोथेरापी सेवा मेडिकल सामग्री भाडामा तथा बिक्री साथै प्रयोगशालासम्बन्धी सेवा उपलब्ध गराउन लागेको खतिवडाले जनाए ।
पोखरामा शुरु गरेको ७ महिनामा मेडिलिङ्क होमले हालसम्म १२ जना बिरामीहरुलाई घरमा नै गएर सेवा उपलब्ध गराइसकेको छ । सहरमा मात्र नभइ गाउँ-गाउँसम्म मेडिलिङ्कले सेवा पुर्याउने लक्ष्य लिएको आयोजकले जनाए ।
घरमा पुगेर सेवा दिँदा डाक्टरको प्रतिदिन खर्च १ हजार ५ सय रुपैयाँ तोकिएको छ भने नर्सका लागि प्रत्येक ६ घण्टाका लागि ५ सय रुपैयाँ शुल्क लाग्ने सञ्चालकले बताए । घरमा उपचार सम्भव नभए अस्पतालसँग समन्वय गरेर एम्बुलेन्स सहितको सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९