पोखरा, ६ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर १३ देखि २४ गतेसम्म ‘सफल पोखरा एक्स्पो’ हुने भएको छ ।
‘लगानीको सर्म्बर्द्धन : उद्योग व्यवसायको प्रबर्द्धन’ भन्ने मूल नारासहित नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा एक्स्पोको आयोजना गर्न लागेको हो ।
संघले यसअघि गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिष्कृत रुप दिन यस वर्षदेखि सफल पोखरा एक्स्पो साथमा तेस्रो मोबाइल मेला सँगसँगै आयोजना गर्न लागेको विहीवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दियो । सांस्कृतिक कार्यक्रमसहित औद्योगिक उत्पादनलगायतका करिब ३ सय स्टलहरु र बाल उद्यान एक्स्पोको मुख्य आकर्षण रहने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए ।
सांस्कृतिक कार्यक्रमतर्फ लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यात्रि्राप्त ब्याण्डको सांगीतिक प्रस्तुति, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, पप कर्न्र्सट, हास्य कलाकारद्वारा मनोरञ्जनात्मक कार्यक्रम, प्रवेश टिकटमा दैनिक पुरस्कारको व्यवस्था, बम्पर पुरस्कार, उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृह, बाल उद्यान एक्स्पोको विशेष आकर्षण रहने छ ।
एक्सपोमा आधुनिक डोम र साधारण गरी ३ सय स्टलहरु रहनेछन् । ती स्टलहरुमध्ये २० वटा स्टलहरु औद्योगिक उत्पादनका सामग्रहरु प्रदर्शनीका लागि राखिनेछ ।
पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योग तथा अन्य उद्योगहरुको सहभागिताले यस एक्स्पो उद्यमशीलता चाहनेहरुको लागि महत्वपूर्ण गन्तव्य बन्ने अध्यक्ष अधिकारीले जनाए ।
उनका अनुसार नेपाल पर्यटन बोर्ड एवं पोखरा पर्यटन परिषदको सहकार्यमा एक्स्पोमा होमस्टे प्रबर्द्धन तथा पर्यटकीय गन्तव्यबारे जानकारी दिने स्टलहरु पनि रहनेछन् । एक्स्पोको अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको ८५ प्रतिशत स्टलहरु बुकिङ भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यवस्तु, लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकलाका सामग्री, अटो प्रदर्शनी, महिलाहरुद्धारा उत्पादित सामाग्रीहरु विशेष छुटमा पाइने जनाइएको छ ।
विभिन्न ब्राण्डका मोवाइल फोन तथा इलेक्ट्रोनिक सामान मेलाको थप आकर्षण रहने छ । मोवाइल वितरक संघ पोखराका अध्यक्ष शिवहरि पहारीले नयाँ ब्राण्डको मोवाइलको प्रबर्द्धनका लागि तेस्रो संस्करणको मोवाइल मेला गर्न लागिएको बताए । उनका अनुसार मेलामा पुराना मोवाइलसँग नयाँ मोवाइल साटफेर गर्न सकिनेछ ।
एक्स्पोलाई लक्ष्मी हाउसले सहयोग गर्ने भएको छ । लक्ष्मी समूह सफल ब्राण्ड एक्स्पोको टाइटल स्पोन्सर रहने छ । मोबाइल बितरक संघ पोखराले विगतमा जस्तै यस वर्ष पनि एक्स्पोसँगै सहकार्य गर्ने भएको छ ।
करिब २ लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने अनुमान छ । एक्स्पो तथा मोवाइल मेलाको तयारी प्रचार प्रसार तीव्र पारिएको अध्यक्ष अधिकारीले जनाए । एक्स्पोमा प्रवेश टिकट सर्वसाधारणका लागि ६० र विद्यार्थीका लागि ४० रुपैयाँ’ तोकिएको छ ।
प्रत्येक टिकटबाट पोखरा उद्योग वाणिज्य संघद्वारा संचालित बालश्रम न्यूनिकरण कार्यक्रमका लागि एक रुपैयाँ’ प्रदान गरेर बालश्रमविरुद्ध अभियानमा ऐक्यबद्धता जनाउने बताएको छ ।
एक्स्पोबाट आम्दानी ९० लाख र ६० लाख खर्च तथा ३० लाख बचत हुने अनुमान आयोजकको छ । एक्स्पोबाट बचत रकम प्रदर्शनी केन्द्रको भौतिक निर्माण तथा विभिन्न सामाजिक र व्यावसायिक उत्थानको क्षेत्रमा खर्च गरिने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
खेलकुद पत्रकार मञ्चको पदस्थापन
मेलामा सूचना प्रविधिको ज्ञान
राजनीति सङ्लो भए मुलुकको विकास छिट्टै : डा. वाग्ले
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
hero news full width
मुख्य समाचार
पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
धारापानी माविको ७४ औं वार्षिकोत्सव
माघ १२, २०८१सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१