पोखरा, ६ मंसिर । पोखरा-१ बगरस्थित हनुमान गल्ली व्यवसायी संघले पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनबाट निर्वाचित भएकाहरुलाई सम्मान गरेको छ ।
हनुमान गल्लीमा विहीवार आयोजित कार्यक्रममा संघका पदाधिकारी एवं सदस्यले निर्वाचितहरुलाई सम्मान गरेका थिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संघले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकता दिने बताए ।
संघका महासचिव अर्जुन पोखरेलले संघको गरिमालाई उचो बनाउँदै व्यावसायिक हकहित र अधिकार स्थापित गराउने उल्लेख गरे ।
कार्यक्रममा हनुमान गल्ली व्यवसायी संघका व्यवसायी विष्णु बास्तोलाले बजार क्षेत्रमा व्यवस्थित पार्किङ र व्यावसायिक वातावरण निर्माणका लागि पहल गर्न ध्यानाकर्षण गराइएको थियो ।
हनुमान गल्ली व्यवसायी संघका कार्यवाहक अध्यक्ष प्रकाश बास्तोला ‘विष्णुु को अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष इश्वरी आचार्यले स्वागत र सहसचिव नरेन्द्रप्रसाद आचार्यले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९