पोखरा, ६ मंसिर । ओम डेभलपमेन्ट बैंक लि.ले पोखरा २ को अर्चलबोट आमा समूहलाई डस्टबिन, कुचो लगायत सरसफाइ सामग्री प्रदान गरेको छ ।
आमा समूह अध्यक्ष कल्पना पराजुली र वडा २ का कार्यबाहक अध्यक्ष प्रमोद पराजुलीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले सो सामग्री हस्तान्तरण गरेका हुन ।
ती सामग्री विन्ध्यवासिनी मन्दिर, वडा २ को कार्यालयहुँदै पोखरा बाग्लुङ राजमार्ग वरिपरी राखिने वडा सदस्य तथा संयोजक गौतम विजुक्छेले बताए ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ-संस्थाहरुलाई यसैगरी आर्थिक, भौतिक सहयोग गर्दै आएको छ ।
ओम डेभलपमेन्ट बैंकले असोज मसान्तसम्म २१ अर्ब ९६ करोड निक्षेप संकलन गरी १९ अर्ब ०४ करोड कर्जा लगानी गरेको छ । बैंकको शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ६० हजार, एटिएम संख्या १९ रहेका छन् । विकास बैंकहरुमध्ये शाखा रहित बैकिङ सेवा प्रदान गर्ने पहिलो विकास बैंक ओम हो ।
बैंकले प्राइम कमर्सियल बैंकसँंग एक्बिजिसनमा जान हालैमात्र समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९