पोखरा, ४ मङ्सिर । कास्कीको लेखनाथमा रहेको वेगनासतालमा विभिन्न समयमा ज्यान गुमाउनेहरुको मुक्ति तथा वेगनासताल संरक्षण एवम् सर्म्बर्द्धनका लागि श्रीमद्भागवत विराट ज्ञानमहायज्ञ गरिने भएको छ ।
राष्ट्रिय परोपकार महासंघ नेपालको आयोजना र विभिन्न सामाजिक संघसंस्थाहरुको सहयोगमा मंसिर २२ देखि २९ गतेसम्म वेगनासताल किनारमा पितृउद्धार कार्यका लागि महायज्ञ गर्न लागिएको हो ।
महायज्ञस्थल र यस वरपर रहेका धार्मिक मठ मन्दिरहरुको मर्मत सुधार, नेपाल माताको प्रतिमा स्थापना गरी धार्मिक पर्यटनको विकास, सनातन धर्म संस्कृतिको जगेर्ना गर्ने र वेगनासतालमा विभिन्न कालखण्डमा डुंगा दुर्घटना परी दिवंगत भएका जनहरुको मुक्तिका लागि महायज्ञ गर्न लागिएको मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
कार्यक्रममा भागवत भाष्कर कमलनयन गौतमले महायज्ञपश्चात वेगनासताल क्षेत्रको मुहार फेरिने गरि गुरुयोजनासहित अगाडि वढ्ने बताए । गौतमले महायज्ञलाई सफल पार्न सवैको साथ र सहयोग अपरिहार्य भएको धारणा राखे ।
विराट ज्ञानमहायज्ञ मूल समारोह समितिका अध्यक्ष डिल्लिरमण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद वास्तोलाले वेगनासताल क्षेत्रको विकास नै यस क्षेत्रको विकास भएकाले रचनात्मक काममा संचार क्षेत्रको सहयोग रहिरहनेमा जोड दिए । महायज्ञमा ५ करोड संकलन हुने अपेक्षा गरिएको छ । यसैगरी २० लाख खर्च अनुमान रहेको उक्त महायज्ञमा प्रमुख वाचक भागवत भाष्कर कमलनयन गौतम रहेका छन् ।
कार्यक्रममा महायज्ञका महासचिव ध्रुवनाथ अधिकारीले प्रेस विज्ञप्ती वाचन गरेका थिए । यसैगरी महायज्ञको युवा परिचालन उपसमितिका संयोजक एवम् वेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट, राष्ट्रिय परोपकार महासंघ पोखरा-३१ का अध्यक्ष तथा पण्डित परिचालन उपसमितिका संयोजक भोलामणि गौतम, मातृशक्ति परिचालन उपसमितिका संयोजक शान्ति खनाल, प्रचार प्रसार उपसमितिका संयोजक मोति गिरी, कोषाध्यक्ष गंगाराम सुवेदीले पारदर्शी रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संचार संयोजक भरतप्रसाद तिवारीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद ढुंगानाले गरेका थिए ।
पत्रकार सम्मेलनमा पण्डित परिचालन उपसमितिका संयोजक भोलामणि गौतमले रु ५१ हजार एक सय ५१ दान घोषणा तथा युवा परिचालन उपसमितिका संयोजक एव वेगनास युवा क्लवका अध्यक्ष रामवहादुर रानाभाटले रु २५ हजार एक सय रूपैयाँ दान रकम हस्तान्तरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रेडियो अन्नपूर्णले गरेको २१ औं रक्तदान कार्यक्रममा१ १० युनिट रगत संकलन
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९