लमजुङ, ३ मंसिर। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि महोत्सव राम रमितामा सीमित हुन नहुने बताएका छन् । महोत्सवले समृद्धिको सन्देश दिनसक्नुपर्ने उनको जोड छ ।
हरिबोधनी एकादशी मेलाका अवसरमा लमजुङको मस्र्याङदी गाउँपालिकाले आयोजना गरेको प्रथम मस्र्याङ्दी महोत्सव सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले त्यस्तो बताएका हुन्।
‘महोत्सव केका लागि ? लक्ष्य प्रष्ट हुनुपर्छ। राम रमितामा सीमित हुनु हुँदैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘महोत्सवको स्थानीय लोकसंस्कृति, कला, खेलकुदको प्रवर्द्धनेदखि लिएर पर्यटकका लागि होमस्टे, कृषिको व्यावसायिकीकरण, तरकारी खेती, पशुपालन तथा घरेलु वा लघु उद्योग लगायतको प्रवर्द्धन हुनुपर्छ ।’
उनले यसका लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोग के हो ? त्यो किटान हुनुपर्ने बताउँदै आयोजकप्रति प्रश्न गर्दै भने, ‘महोत्सव उद्घाटनमात्र गरिदिएर प्रदेश सरकारको दायित्व पूरा हुन्छ ?’
उनले प्रदेशको समृद्धिका लागि पर्यटन, विद्युत्, कृषि र उद्योग भएको बताउँदै उनले आउँदो वर्षको महोत्सवमा आउँदा यतिवटा गाउँमा होमस्टेको प्रवर्द्धन भयो, त्यो गाउँमा यति पर्यटक पुगे र गाउँलेले यति आम्दानी गरे भन्ने सक्ने हुनुपर्छ भने।
ग्रामीण पर्यटनको पहिलो गाउँ सिरुवारीदेखि सार्क राष्ट्रको नमूना घलेगाउँ यसै प्रदेशमा रहेकाले पनि प्रदेश सरकारले चालु आवमा ३ सय पर्यटकीय गाउँको प्रवर्द्धनका लागि ३० करोडको बजेट विनियोजन गरेको उनले जानकारी दिए। यो वर्ष २ सयमात्र गाउँबाट माग आयो भने त्यो रकम दामासायीले वितरण गरिने बताए।
त्यस्तै, विद्युत्मा घरघरमा बिजुली र जनजनमा सेयर भन्ने आफ्नो चुनावी नारालाई सार्थक रुप दिन काम गरिरहेको बताए। उनले १० मेघावाटसम्मका योजना स्थानीय तहले ५० मेघावाटसम्मका योजना प्रदेश सरकारले र त्योभन्दा माथिको योजना संघीय सरकारले हेर्ने नीति बनाइनु पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य मायानाथ अधिकारी, प्रदेश सभाका सदस्यद्वय धनञ्जय दवाडी र मधुमाया अधिकारी, संविधानसभाका सदस्य जमिन्द्रमान घले, वेशीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल लगायतले शुभकामना व्यक्त गरेका थिए।
गाउँपालिकाका अध्यक्ष समेत रहेका महोत्सव मूलसमारोह समिति संयोजक अर्जुन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक होम विकले स्वागत तथा सचिव तीथ बस्नेतले संचालन गरेका थिए।
विगतमा उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवको सट्टामा यतिबेला स्थानीय तहले सो महोत्सव आयोजना गरेको हो ।
चार दिनसम्म चल्ने महोत्सवमा विभिन्न ३० स्टल राखिएका छन् । महोत्सवमा खेलकुद प्रतियोगिता, वडास्तरीय दोहोरी, होमस्टे प्रवर्द्धन, भीरमौरीको मह शिकार स्थानीय कृषि र तथा घरेलु उत्पादनको बजारीकरण मुख्य अकर्षण रहेको आयोजक समिति संयोजक गुरुङले बताए।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९