फिदिम, ३ मंसिर। गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका-४ की १०१ वषीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गरेका छन्।
गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट राष्ट्रिय परिचयपत्र ग्रहण गरे। गृहमन्त्री थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न तथा समृद्ध राष्ट्र निर्माण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको बताए।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले सबै नेपालीको जैविक र वैयक्तिक विवरण समावेश भएको राष्ट्रिय परिचयपत्र सबै नेपालीका हातमा पुर्याउने कार्य पाँचथरबाट प्रारम्भ भएको जानकारी दिए ।परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण, भूमि, शिक्षा, सरकारी सेवालगायत सबै सेवाको अभिलेख समावेश गरिएको छ। परिचयपत्र वितरणका लागि वडास्तरसम्म इकाइ स्थापना हुने जनाइएको छ।
Related News
सम्बन्धित समाचार
आज सहिद दिवस
पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी, आगामी दिनमा यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता
पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
हेम्जामा सेती किनारकाे सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइयो
रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९