धर्मशीला विद्धत् वृत्तिबाट मीन गुरु सम्मानित

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७५
IMG_1939_Fotor

पोखरा, ३ मंसिर। धर्मशीला विद्धत वृत्ति-२०७५ बाट मीन गुरु सम्मानित भएका छन्।

प्रत्येक वर्ष विशिष्ट बौद्ध व्यक्तित्वहरुलाई बुद्ध धर्मको अध्ययन, अनुसन्धान र अनुसन्धानका लागि प्रदान गरिने उक्त वृत्तिको राशि १५ हजार रुपैयाँ रहेको छ। धर्मशीला वृद्धत् वृत्ति अनागरिका कर्मशीलाले आफ्ना अग्रज अनागरिका धर्मशीलाको स्मृतिमा २०५८ सालमा स्थापना गरेकी हुन्। उक्त वृत्तिबाट सम्मानित मीन गुरु १७ औँ व्यक्तित्व हुन्।

धर्मशीला बुद्ध बिहारमा सोमबार आयोजित समारोहबीच भिक्षु ज्ञानेन्द्र स्थवीरले मीन गुरुलाई सम्मानपत्र प्रदान गरेका थिए । भिक्षु ज्ञानेन्द्र २०७४ मा सोही वृत्तिबाट सम्मानित भएका थिए। त्यस अवसरमा प्रमुख अतिथि स्थवीरले सम्मान सामान्य कुरा नभएको उल्लेख गर्दै भगवान् बुद्धप्रति श्रद्धा र मार्गर्दर्शनको धारणले नै मीन गुरुलाई सम्मान प्राप्त भएको बताए। उनले भने, ‘धैर्य गर्नुपर्दछ, राम्रो कामको फल राम्रै हुन्छ।’

सम्मानित मीन गुरुले विद्धत् वृत्ति प्राप्त गर्नु आफ्नो अहोभाग्य भएको बताए। साथै उक्त सम्मानबाट विहारको लागि र बौद्ध धर्मको प्रचारमा केही गर्नुपर्छ भन्ने आफूलाई लागेको बताउँदै उनले भने, ‘म पूर्णरुपले समर्पित हुनेछु।’

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, धमोर्दय सभा गण्डकी प्रदेशका सल्लाहकार कृष्णमान गुभाजु, पोखरा-३ का वडाध्यक्ष रविन्सन प्रजु, विश्वशान्ति स्तुप पोखराका अध्यक्ष शंकर गुरुङ, दायकसभाका अध्यक्ष गोविन्द ताम्राकारले शुभकामना मन्तव्य राखेका थिए।

धर्मशीला विद्धत् वृत्ति व्यवस्थापन समितिका सचिव प्रकाश उदासले सम्मानित मीन गुरुङको परिचय दिएका थिए।

बौद्ध उपासिका संघ पोखराको ३० औँ वाषिर्कोत्सव समारोह सहितको उक्त कार्यक्रममा २०७४ सालको एसर्इइ परीक्षामा उत्तीर्ण संघका सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो।

सोही समारोहमा गुरुमा कर्मशीलाको औषधोपचारको लागि भौमचा (बुहारी) समूह, पोखराले १० हजार रुपैयाँ गुरुमालाई अपण गरेको थियो।

धर्मशीला बुद्ध विहार व्यवस्थापन समितिका ज्येष्ठ सदस्य बिलबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा बौद्ध उपासिका संघका अध्यक्ष विमला बुद्धाचार्यले स्वागत गरेकी थिइन्। कार्यक्रम सञ्चालन सञ्चारकर्मी रत्ना गुरुङले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width