पञ्चकोशी आर्थर डाँडाखर्क समाजको १९ औं वाषिर्कोत्सव

आर्थिक विकासको अभियानमा सहभागी बनौं : मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७५

पोखरा, २ मंसिर। प्रसिद्ध धार्मिक तीर्थस्थल पञ्चासे (पञ्चकोशी) को दक्षिणतर्फ रहेको पर्वत जिल्ला आर्थर डाँडाखर्क मूल घर भै पोखराका विभिन्न स्थानमा आई बसेका नागरिकको साझा संस्था पञ्चकोशी आर्थर डाँडाखर्क समाजको १९ औं वाषिर्कोत्सव आइतवार सम्पन्न भयो।

समाजको १० औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको सपथ ग्रहणसमेत रहेको कार्यक्रममा स्थापनाकालदेखि सेवा पुर्‍याएका पूर्व पदाधिकारी तथा विभिन्न क्षेत्रमा सफल समाजका परिवारका सदस्यलाई सम्मान गरिएको थियो।

प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा समाजका अध्यक्ष क्या. लालप्रसाद गुरुङले सम्मानपत्र, दोसल्ला र खादाले सम्मान गरेका थिए।

यसैगरी समाजको स्थापनाकालदेखि १८ वर्षसम्म नेतृत्व सम्हालेका निवर्तमान अध्यक्ष क्या. लालप्रसाद गुरुङलाई नवनिर्वाचित समितिबाट सम्मान गरियो। साथै पञ्चकोशी आमा समूहले उनको विशेष सम्मान गरेको थियो।

समारोहमा समाजका तर्फबाट न्यूनी आनी गुम्बालाई एक लाख एक् हजार एक सय रुपैयाँ सहयोग प्रदान गरिएको थियो।

त्यस अवसरमा प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अब सबैले विदेश ताक्न छोडी देशको आर्थिक विकासको अभियानमा सामेल हुनुपर्नेमा जोड दिए।

साथै, उनले नेपाल राष्ट्र एकीकरणदेखि नै गुरुङ जातिको योगदान ठूलो रहेको उल्लेख गर्दै अब राज्यमा आफ्नो भूमिका खोज्नुपर्ने बताए।

साथै उनले सरकारी कामकाजी भाषाको रुपमा गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई स्थान दिन सकिने बताउँदै आफ्नो भाषालाई बोलचालमा प्रयोग गर्न र लिपि बनाउन आग्रह गरे।

कार्यक्रमका अध्यक्ष तथा समाजका प्रमुख संरक्षक क्या लालप्रसाद गुरुङले आफ्नो कार्यकालमा भएका कार्यको जानकारी गराउँदै नवनिर्वाचित पदाधिकारीलाई शुभकामना व्यक्त गरे। समाजका प्रमुख सल्लाहकार शेरबहादुर गुरुङले गतिविधिबारे प्रकाश पार्दै समाजले पञ्चकोशी मोटरबाटो निर्माण, पञ्चकोशी माविमा दश जोड दुर्इ कक्षा सञ्चालन, पोखरामा समाजको भव्य भवन निर्माणलगायत सामाजिक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको उल्लेख गरे।

नवनिर्वाचित अध्यक्ष सर्इ कमल गुरुङले समाजले आफूलाई ठूलो जिम्मेवारी दिएको उल्लेख गर्दै आफ्नो कार्यसमितिले पारदर्शी रुपमा काम गर्ने र पुरानो समितिले गरेका कार्यमा इटा थप्ने प्रतिबद्धता व्यक्त गरे। समाजका सल्लाहकार निर्वाचन समितिका संयोजक एव भूपू सैनिकका केन्द्रीय अध्यक्ष क्या. लालकाजी गुरुङले क्या लालप्रसादको योगदानको चर्चा गर्दै नयाँ कार्यसमितिलाई पनि बधाई ज्ञापन गरे।

समाजका निर्वाचन समिति सदस्य एवम उपत्यका नगर विकास समितिका अध्यक्ष जीतबहादुर गुरुङले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए।

शुभकामना व्यक्त गर्दै महालक्ष्मी पैंकी लामा परिवारका अध्यक्ष देविराज गुरुङले समाजले छुट्टएिर रहेका दाजुभाइलाई जुटाउने कार्य गरेको उल्लेख गरे।

साथै उनले पहिचानको रुपमा पहिले पाएका सुविधासमेत संघियता आएपछि खोसिएको भन्दै ल्होसार बिदा नराखिएकोमा दुःख व्यक्त गरे।

समाजका उपाध्यक्ष सर्इ कमल गुरुङको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सचिव नासु मेखबहादुर गुरुङले गरेका थिए। त्यस अवसरमा लिंकन कलेजका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई प्रजातान्त्रिक विचार समाजले आज राष्ट्रपति पदमा निर्वाचित हुनुभएको बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ…
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने…
  • न्यायिक समितिबीच अनुभव साटासाट

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समितिबीच अनुभव आदानप्रदान गरिएको छ । घोराहीका उपप्रमुख हुमकुमारी डिसीको नेतृत्वमा आएको…
  • ‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । स्याङ्जाको गल्याङ नगरपालिका आलु र सुन्तला र दूधजन्य वस्तुमा आत्मनिर्भर भएको र गल्याङ नगरपालिकाभित्र उत्पादित वस्तुको बजारीकरणमा कुनै…
  • जिसस महासंघ गण्डकीको सपथ

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद बैठकबाट निर्वाचित गण्डकीका पदाधिकारी तथा सदस्यको सपथ ग्रहण आइतबार भएको छ…

hero news full width