लेखनाथ, २ मंसिर। प्रथम आदर्श महोत्सवको तेस्रो दिनसम्म आइपुग्दा दर्शक चापसँगै आर्थिक कारोबार बढेको छ ।
महोत्सवका मूल संयोजक किसान गुरुङले महोत्सव शुरुआतका दुर्इ दिन तुलनामा आइतवार दर्शक संख्या बढेकोले कारोबार पनि बढेको बताए ।
सबै दर्शकका लागि मनोरञ्जन दिने उद्देश्यले आयोजित महोत्सवको तेस्रो दिन चर्चित लोकदोहोरी गायक पशुपति शर्माको प्रस्तुति दोहोरीका पारखीहरु कम्मर मक्याई-मक्याई नाचेको पाइन्थ्यो ।यस्तै, महोत्सवलाइै थप रोचक बनाउन खुला रत्यौली गीत प्रतियोगितामा लगनशील महिला समूह, बाग्ालुङ आमा समूह र नमूना आमा समूह हेमजाको प्रस्तुति रहेको थियो। प्रतियोगितमा १५ टीमको सहभागिता छ।
नृत्य आइडलअन्तर्गत विद्यालयस्तरीय एकल लोक नृत्य प्रतियोगितामा डायमण्ड मोडलकी मेरेजिन गुरुङ र सत्यसाही विद्याश्रमकी प्रतिमा गुरुङ पहिलो चरणको लागि छनोट भएको प्रतियोगिताका संयोजक सूर्य पौडेलले बताए ।
आदर्श महोत्सवलाई कला, संस्कृति, संगीत र मनोरञ्जनको उत्सवको रुपमा लिइएको आयोजक आयोजक आदर्श युवा क्लबले जनाएको छ । लेखनाथ भण्डारढिक खेल मैदानमा जारी महोत्सव मंसिर ९ सम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९