पोखरा, १ मंसिर। बेलुन नेपाल प्रा.लिले पोखरामा शनिवारदेखि हट एयर बेलुनको व्यवसायिक उडान शुरु गरेको छ । यसको सुरुवातसँगै बेलुनमा उडान गरी पोखराको दृश्यावलोकन गर्न सकिने भएको छ । उडान सनराइज दृश्यावलोकनका लागि लक्षित गरिएको छ ।
उडानका लागि नेपालीलाई प्रतिव्यक्ति ११ हजार रुपैया र विदेशीका लागि १ सय ६० रुपैया अमेरिकी डलर शुल्क तोकिएको छ । दुर्इ वटा बेलुनबाट उडान शुरु गरिएकोमा ठूलो बेलुनमा आठ जना र सानो बेलुनमा छ जनाले उडान गर्न सक्नेछन् ।
पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि केन्द्र बनाउन पोखरामा हट एयर बेलुनको व्यवसायिक उडान शुरु गरिएको प्रालिका प्रवन्ध निर्देशक प्रविण महर्जनले जानकारी दिए ।
पोखरापछि चितवन र लुम्बिनीमा यसको संभाव्यता अध्ययन गरिने उनको भनाई छ । डेढ करोड लगानीमा उडान कार्य शुरु गरिएको हो । कास्कीको धम्पुस र लौरुकबाट उडान गरी हेमजा र मर्दी खोलाको तिरमा अवतरण गरिने छ ।
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलो उडान गरी हट एयर बेलुनको व्यवसायीक उडान शुभारम्भ गरेका छन् । कार्यक्रममा उनले यस्ता गतिविधिले अबको पाँच वर्षभित्र गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्राउने लक्ष्यलाई टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले अन्तराष्ट्रिय ब्राण्ड बनेको पोखरामा हट बेलुनको समेत अधिकतम उपयोग गरी पर्यटन प्रवर्द्वन गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, टानका अध्यक्ष हरि भुजेल, रेवानका अध्यक्ष भिमसेन भुजेल, एभिया क्लबकी नतारा श्रेष्ठ, समाजसेवी मिना भट्टराई, नाटाका अध्यक्ष सन्तोष पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवि पोखरेलले बोलेका थिए । कार्यक्रम बेलुन नेपाल प्रा.लिका प्रवन्ध निर्देशक प्रविण महर्जनको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पोखरा महोत्सव : विद्यालयस्तरीय लोकनृत्य सुरु
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१