लेखनाथ, १ मङ्सिर ।पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शनिवार उद्घाटन गरिएको छ।
भारतीय राजदुतावास काठमान्डौको आर्थिक एवं जिल्ला समन्वय समिति कास्कीको प्र्राविधिक सहयोगमा तीनतले २१ कोठे नवनिर्मित क्याम्पस भवनको भारतिय राजदुतावासका उप-प्रमुख डा. अजयकुमारले एक समारोहबीच उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै भारतीय राजदुतावासका उपप्रमुख अजयकुमारले भारतीय दुतावासको माध्यमद्धारा भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा चाहे स्नानीय क्षेत्र होस या प्रदेश र केन्द्रमा नेपालको पूर्वाधार विकासमा खानेपानी, स्वास्थ्य र शिक्षाको क्षेत्रमा लगानी गरेको बताए । शिक्षाको क्षेत्रमा गरेको लगानी खेर नजाने अजयकुमारको दावी थियो ।
‘जुन लगानीले परिवार, समाज, देश र राष्ट्रकै सम्मान हुने हुनाले शिक्षा क्षेत्रमा वढी लगानी गरेको हो,’ उनले भने, ‘भारत सरकार सदैव नेपालको उन्नती र विकासमा हातेमालो गर्दै अगाडी वढेको र शिक्षाको माध्यमवाट सवै वालवालिकाले शिक्षा हासिल गरुन् भन्ने चाहन्छ ।’
वि.स. २०२५ सालमा स्थापना भएको लक्ष्मी माविलाई स्तरोन्नती गर्दै लक्ष्मी आदर्श वहुमुखी क्याम्पसको रुपमा विकास गर्दै अगाडी वढेको र ७ रोपनी क्षेत्रफलमा निर्मित भवन ५ करोड ३४ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । ५ सय १० जना छात्रछात्राले अध्ययन गरिरहेको क्याम्पसमा हाल १७ जना प्राध्यापकहरुद्धारा अध्ययापन गराइएको उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख रामजी लामिछानेले वताए ।
लक्ष्मी आदर्श वहुमुखी क्याम्पसका अध्यक्ष बाबुराम जमरकट्टेको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीद्धारा स्वागत नृत्य गरिएको थियो । क्याम्पसको भौतिक एवं शैक्षिक विकासमा योगदान दिएका इन्द्रप्रसाद भट्टराईलाई प्रमुख अतिथिवाट सम्मान गरिएको थियो ।
क्याम्पस वि.स. २०६२ सालमा त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धनप्राप्त शिक्षाशास्त्र संकाय संचालित शिक्षा क्याम्पसमा बीएड, एमएडका कक्षाहरु संचालनमा छ ।
आगामी दिनमा अन्य संकायसमेत विस्तार गर्ने योजना रहेको क्याम्पसले जनाएको छ।
Related News
सम्बन्धित समाचार
रेडियो अन्नपूर्णले गरेको २१ औं रक्तदान कार्यक्रममा१ १० युनिट रगत संकलन
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९