पर्यटकीय गन्तव्य दुर्र्लुङ

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७५

पर्वत, १ मङ्सिर। नेपाल प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक दृष्टिले विश्वकै एक पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । भौगोलिक क्षेत्रफलका हिसावले काठमाण्डौँ, ललितपुर र भक्तपुर पछिको चौथो सानो जिल्लाको रुपमा सिमित पर्वतको कुल क्षेत्रफल ४९४ बर्ग कि मि रहेको छ ।

पर्वत सानो जिल्ला भएपनि लेक र बेसीमा हावापानीको भिन्नता रहेको छ । मानवीय विकासक्रमको दृष्टिले १५ औ स्थानमा पर्ने यस जिल्लामा ब्राहृमण, क्षेत्रीलगायत विभिन्न जातजातीहरुको बसोबास रहेको छ ।

ठूला विद्युत योजनामा रहेको १४ मेघावाट क्षमता भएको मोदिखोला जलविद्युत पनि पर्वत जिल्लामा नै अवस्थित छ । साथमा पर्वत जिल्लाको मुख्य बजारको रुपमा रहेको कुश्मा बजार नजिकै रहेको प्रसिद्ध धार्मिकस्थल गुप्तेश्वर गुफा, मोदीवेनी, देशी तथा विदेशी पर्यटकका आकर्षणका केन्द्र हुन् । शिवरात्री, ठूली एकादशी र बालाचर्तुदशी जस्ता पर्वमा यहाँ भक्तजनको भिड लाग्छ । ३ वटा एसियाकै अग्ला र लामा झोलुङ्गे पुलहरुले पछिल्ला समयमा पर्वत जिल्लाको आकर्षण थप्दै आन्तरिक तथा वाहृय पर्यटकहरुको लागि आकर्षणको केन्द्रविन्दु बन्दै आएको छ ।

यसैगरी पर्वत जिल्लाको दुर्र्लुङ पनि पर्यटकीय हिसावले एक महत्वपूर्ण स्थानको रुपमा रहेको छ । धार्मिकस्थलका रुपमा रहेको दुर्र्लुङकोट र कोटसँगै निर्माणाधीन भ्यू-टावर जसबाट दुर्र्लुङको चारैवटै दिशातर्फ पर्ने नेपालका विभिन्न ७ जिल्ला साथै विश्वका अग्ला मध्येका विभिन्न हिमशृंङ्खला पनि  देख्न सकिन्छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको सयवटा नयाँ पर्यटकीय गन्तव्यको सूचीमा नयाँ गन्तव्य पहिचान तथा विकास कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ३ दुर्र्लुङमा रहेको क्यानोनिङ्ग, केभिङ्ग र होमस्टे पनि पर्न सफल भएको छ ।

पर्यटकीय हिसाबले विभिन्न सम्भावना भएर पनि ओझेलमा परेका यस्ता पर्वत जिल्लाको कालीगण्डकी नदी, मध्य भागमा रहेको मोदीखोला भएता पनि सिचाँइको रुपमा उपयोग गर्ने सकिएको छैन ।

पन्चासे, दुर्र्लुङलगायत पर्यटकीय हिसावले महत्वपूर्ण रहेका स्थानहरुमा कच्ची सडक निर्माण भएपनि अझैसम्म पनि पक्की सडक निर्माण हुन सकेको अवस्था छैन । साथै हम्पालको लेक र डहरेको लेक यस क्षेत्रका संभावना बोकेका पर्यटकीय स्थल हुन भने दक्षिण भेगमा अवस्थित शाल्रि्राम शिला, फलामखानी, त्रिवेणी उत्तिकै प्रसिद्ध छन् ।

यस्ता पर्यटकीय संभावना बोकेका स्थानहरुलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गर्नुपर्ने देखिन्छ । साथै, पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक मुख्य आधारको रुपमा विकास गर्नका लागि पर्यटन क्षेत्रको विकास तथा सो बाट प्राप्त लाभ जनस्तरमा पुर्‍याउन पर्यटकीय गन्तव्यहरुको विविधिकरण गर्दै नयाँ पर्यटकीय स्थल र उपजहरुको पहिचान, विकास तथा नयाँ पर्यटकीय पूर्वाधारहरुको विकास गर्ने जरुरी छ ।

Related News

सम्बन्धित समाचार

  • स्थानीयका कर्मचारी पनि आन्दोलित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । आफूहरूको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…
  • कानुन कार्यान्वयनका लागि हो

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    विश्वले राम्रो भनेको संविधान हामीले नराम्रो कसरी भन्ने ? त्यति ठुलो युद्ध र आन्दोलनबाट निर्माण भएको संविधान जति खारिनुपर्ने हो,…
  • हाम्रो यात्रा विब्प्याँटो छ

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    मेरो दृष्टिकोणमा जुन संविधानलाई स्वीकार गरेर यहाँ आइपुग्यौं, अब रोकिएर सबैभन्दा पहिले नमिलेका कुरा मिलाउनुपर्छ । हामी विब्प्याँटो बाटोमा हिँडेका…
  • नियम बन्यो, नियत फेरिएन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    संविधान एक पटक निर्माण गरेपछि सधैंका लागि तृप्त हुने कुरा होइन । आवश्यकता र परिवेश अनुसार संशोधन हुनुपर्ने हो ।…

hero news full width