खैरेनीटार, १ मङ्सिर।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमा नयाँ कार्य समितिको अध्यक्षमा ताराराम श्रेष्ठ चयन भएका छन्। महासंघ जिल्ला शाखा तनहुँको पाँचौ बाषिर्क साधारणसभा तथा तेस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो।
समितिको प्रथम उपाध्यक्षमा गोबिन्द अधिकारी, द्धितिय उपाध्यक्षमा शम्भु अधिकारी सचिवमा प्रकाश थापा, सह-सचिवमा सुरेन्द्र पौडेल, कोषाध्यक्षमा माधव न्यौपाने र सदस्यहरूमा माधव लम्साल, सूर्यप्रसाद तिमिल्सिना, रामचन्द्र घिमिरे, रामकृष्ण न्यौपाने, सुन्दरमणि अधिकारी, गौरब पन्त र हरिश्चन्द्र कोइराला निर्वाचित भएका छन्। संयोजक ऋषिराम शर्मा भण्डारी, सदस्यहरू हरिकुमार श्रेष्ठ र दामोदर मिश्रको । निर्वाचन समितिले उनीहरूलाई चयन गरेको हो।
‘गुणस्तरीय उत्पादन मर्यादित व्यापार, नीति निर्माणमा पहुँच सांगठनिक आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अधिवेशन तथा साधारणसभाको उद्घाटन प्रमुख अतिथि एव. नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका महासचिव नवनिधि पन्तले गरेका हुन्।
उनले पुस्तक नीति नआउँदासम्म पुस्तक तथा स्टेशनरी व्यवसायीका समस्या समाधान नहुने वताए। उनले व्यवसायीको सामुहिक हित तथा उद्देश्यका लागि महासंघ स्थापना भएको जनाए।
कार्यक्रमका बिशिष्ट अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका सचिव ऋषिराम शर्मा भण्डारीले व्यवसायीले एक अर्कालाई बिश्वास गर्नुपर्नेमा जोड दिए। उनले व्यवसायलाई जिवन धान्ने स्रोत बनाउन सुझाब दिए।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाईका सूर्य क्षेत्री, पूर्व क्षेत्रीय अध्यक्ष तथा सल्लाहकार हरिकुमार श्रेष्ठ, बन्दिपुर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष भानुभक्त पोख्रेल, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्ली तिवारी, नेपाल पुस्तक तथा स्टेशनरी महासंघ तनहुँका पूर्व अध्यक्ष दामोदर मिश्र, सल्लाहकार केशरबहादुर खड्का, बिरेन्द्र नराल, हरिबहादुर कार्कीलगायतले वोलेका थिए। सचिव रामचन्द्र सापकोटा र कोषाध्यक्ष सन्दिप खनालले वाषिर्क प्रतिवेदन प्रस्तुत गरेका थिए। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ तनहुँका अध्यक्ष दुर्गाकुमार श्रेष्ठको अध्यक्षतामा ताराराम श्रेष्ठले स्वागत र सचिव रामचन्द्र सापकोटाले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको रक्तदान
सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार
पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९