पोखरा, २९ कात्तिक। कास्कीको पश्चिमी क्षेत्रमा सबैभन्दा पहिले खुलेको बाटो हो, काँडे-भदौरे-पञ्चासे सडक । यो सडक अहिलेसम्म पञ्चासेसम्म जोडिएको छैन । २०५२ सालमा खुलेको बाटो अहिलेसम्म जस्ताको त्यस्तै छ ।
विहीबार भदौरेमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयहरुले सडकको दुर्दशाप्रति गुनासो गरे ।
अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको पहिलो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय अगुवा चित्रबहादुर गुरुङले सडक स्तरोन्नति नभएकोप्रति सरकारलाई गुनासो गरे । ‘विसं २०५२ सालमा खुलेको बाटो अहिलेसम्म कच्ची छ,’ उनले प्रश्न गरे, ‘बाटो कहिले पीच हुन्छ ?’
अर्का स्थानीय आईन्दल गुरुङ पनि सडक स्तरोन्नति नभएकोप्रति आक्रोश ब्यक्त गर्छन् । ‘पश्चिमी कास्कीमा सबैभन्दा पहिले खुलेको बाटो हो । म टुकुटुकु हिँड्दा खुलेको बाटो आफैलाई बुढेसकाल लाग्ने बेला भैसक्यो तर बाटोको हालत उही छ,’ उनले भने, ‘दुनियाँमा कति विकास भैसक्यो । हामी पीच बाटोमा हिड्ने कहिले हो ?’
जवाफमा गाउँपालिका अध्यक्ष युवराज कुवँरले सडक पीच गर्ने बजेट गाउँपालिकासँग नभएको बताए । ‘एक किलोमिटर बाटो पीच गर्न ५ करोड लाग्छ । हामीसँग ५० करोड वाषिर्क बजेट छ,’ उनले भने, ‘बाटो पीच गर्ने हैसियत गाउँपालिकासँग छैन। तर केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर बजेट पार्न पहल गर्छु।’ डिपिआर तयार भैसकेकोले सबैतिरबाट बजेट माग गर्ने उनको भनाइ छ ।
कार्यक्रममा पञ्चासे क्षेत्रको विकास हुन नसकेको, महिलाको बजेट खर्च नभएको, बालबालिका र युवालाई बजेटले सम्बोधन नगरेको गुनासो गरेका थिए । यस्तै न्यायिक समितिको काम कर्त्तब्यबारे जानकारी नपाएको गुनासो पनि सहभागीहरुको छ ।
गुनासो सुनुवाइ गर्दै अध्यक्ष कुँवरले बजेट सबै पक्षका लागि विनियोजन भएको तर कार्यान्वयनमा समस्या भैरहेको बताए। ‘युवा, महिला, बालबालिका सबैलाई बजेट छ । वडा तहबाट योजना मागेरै बजेट विनियोजन गरेको हो,’ उनले भने, ‘तर विनियोजन भएको बजेट खर्च गर्नै समस्या छ । बजेट छ योजना लिएर आउनुस् ।’
गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले गाउँपालिका क्षेत्रमा हुने सामान्य घटनामा मात्रै न्यायिक समितिले काम गर्ने बताइन् । ‘न्यायिक समितिले ठूला मुद्दाहरु हेर्ने हैन ।
पानी पँधेरा र मेलापातका विवाद मिलाउने मात्रै हो,’ उनले भनिन्, ‘समिति गठन भएपछि केही उजुरी आएका थिए । केही मिलिसकेका छन् केही चाहीँ उपल्लो तहमा पठाएका छौं ।’
सहभागीहरुले वडाको सीमाना हेरफेरका लागि पनि आह्वान गरेका छन् । गाउँपालिकाले हरेक वडामा घरधुरी दस्तुर फरक भएको, विद्यार्थी भर्ना अभियान खासै प्रभावकारी नभएको लगायत गुनासो कार्यक्रममा आएको थियो ।
गाउँपालिका अध्यक्ष कुँवरले सीमाना हेरफेरका लागि बृहत् छलफल गरेर आवश्यक भए प्रदेशमा सिफारिस पठाउने प्रतिबद्धता जनाए ।
घरधुरी दस्तुरबारे तत्काल छानबिन समिति गठन गरेर एउटै दर कायम गराउने र विद्यार्थीहरुलाई विद्यालय छोड्ने बाध्यताबाट मुक्त गराउने बताए ।
अन्नपूर्ण गाउँपालिका वडा ४ का अध्यक्ष भरत केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दुर्गाराज सुवेदीले गरेका थिए भने पत्रकार प्रकाश ढकालले सहजीकरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’
जिसस महासंघ गण्डकीको सपथ
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९