बुटवल, २८ कात्तिक । बुद्धजन्मस्थल लुम्बिनीमा बुधबारदेखि ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम शुरु भएको छ।
नेपालका लागि थाइल्याण्डका राजदूत भगवत तान्सकुल, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय, संविधानसभा सदस्य दुर्गा उपाध्याय, प्रदेश सांसद फकरुद्दिन खान, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीले संयुक्तरुपमा उद्घाटन गरे।
लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा मायादेवी मन्दिर परिसरमा शुरु भएको तीनदिने त्रिपिटक वाचनमा सहभागी हुन विभिन्न १८ देशका करिव एक हजार बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागी छन् ।
त्रिपिटकबारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको विशेष महत्व भएकाले नेपालमै पहिलो पटक बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन गर्न लागिएको हो। त्रिपिटक भगवान् बुद्धले दिएको ज्ञान र शिक्षाको सार संगृहित ग्रन्थ भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं आयोजक भिक्षु मैत्रीले बताए। आयोजक संस्थाका स्थानीय सचिव चेतन पन्तले त्रिपिटक वाचनले लुम्बिनीको आध्यत्मिक विकास र पर्यटकको बसाइँ अवधि लम्बाउन सहयोग पुग्ने विश्वास लिइएको बताए।
कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत तान्सकुलले बुद्धको दर्शन विश्वमा फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। भगवान् गौतम बुद्धको जन्मभूमिमा टेक्न पाउनु थाई नागरिकका लागि खुशीको कुरा भएको बताउँदै उनले पवित्र भुमिमा यस्ता कार्यक्रम हुनु बौद्धमार्गीका लागि महत्वपूर्ण हुने विचार व्यक्त गरे।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले भिक्षुहरूको प्रयास र बौद्ध परियत्ती शिक्षाका कारण नेपालमा पनि बौद्ध धर्म फैलिँदै गएको बताए।
प्रदेश सांसद फकरुद्धिन खानले त्रिपिटकवाचन कार्यक्रमले लुम्बिनीको स्थान अझै माथि पुगेको बताए।
अखिल नेपाल भिक्षु महासङ्घका अभ्यक्ष मैत्री भिक्षुले त्रिपिटक वाचन कार्यक्रमले विश्वका बौद्धमार्गीलाई लुम्बिनी आउन प्रेरित गर्ने बताए। कार्यक्रममा भिक्षु बोधिसेनले पञ्चशील प्रदान गरेका थिए।
कार्यक्रमअघि लुम्बिनीको शान्ति दीपदेखि कार्यक्रमस्थल मायादेवी परिसरसम्म र्याली निकालिएको थियो। कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ।
पहिलो दिनको त्रिपिटक वाचन कार्यक्रम थाई भिक्षुहरूको नेतृत्वमा भयो । दोस्रो दिनको सत्रको नेतृत्व महायानी अथवा हिमाली लामा भिक्षुहरूले गर्नेछन्। यसपछि चिनियाँ तथा जापानी भिक्षुहरूको नेतृत्वमा त्रिपिटक वाचन कार्यक्रम हुनेछ। तेस्रो दिनको त्रिपिटक पाठ वाचन थाई भन्तेहरूको नेतृत्वमा शुरु हुनेछ।
तेस्रो दिनको पाठ सकिएपछि सहभागी सबैका तर्फबाट मायादेवी मन्दिरमा शान्ति पदयात्रासहित दीप प्रज्वलनपछि कार्यक्रम सकिने महासंघले जनाएको छ। भिक्षुहरूका अनुसार त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९