लेखनाथ, २८ कात्तिक। आदर्श युवा क्लबले कात्तिक ३० देखि मंसिर ९ गतेसम्म आयाजना गर्न लागेको प्रथम आदर्श महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।
पोखरा २९, भण्डारढीक खेल मैदानमा हुने महोत्सवको ८० प्रतिशत तयारी पूरा भएको र अन्तिम तयारीमा जुटेको महोत्सव मूल संयोजक किसान गुरुङले जानकारी दिएका छन्।
कला, संस्कृति, संगीत र मनोरञ्जनको उत्सवको रुपमा लिएको महोत्समा निर्माण गरिएका २ सय ६८ वटा स्टलमध्ये करिव २ सय ५० स्टल बुकिङ भइसकेको क्लब अध्यक्ष तथा महोत्सवका निदेशक लक्ष्मीप्रसाद भण्डारीको भनाइ छ। क्लबद्वारा संचालन गरिने राष्ट्रियस्तरको फुटबल प्रतियोगितालाई निरन्तररुपमा संचालन गर्न तथा निर्माणाधीन रंगशाला संरक्षण एवं स्तरोन्नति गर्ने उद्देश्यले आर्थिक संकलन जुटाउन महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ ।
यस्तै, महोत्सव व्यवस्थित रुपमा संचालन गर्न गठित एक सय सदस्यीय मूलआयोजक समिति, २५ सदस्यीय सल्लाहकार समिति र विभिन्न ३० वटा उपसमितिले तोकिएको जिम्मेवारी पूरा गरेको क्लब सचिव पदम गुरुङले जानकारी दिएका छन्। महोत्सवमा रत्यौली गीत प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रियस्तरका कलाकारको लोकदोहोरी र साथमा आधुनिक पप कर्न्सट राखिएको छ । कृषकद्वारा उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरी कृषिका स्टलहरुलाई निःशुल्क रुपमा राख्न पाउने व्यवस्था मिलाइएको छ।
महोत्सवको विशेष आकर्षणको रुपमा अष्ट्रिच अवलोकन, ऊँट सवार, धरहरा चढी महोत्सव अवलोकन, बालउद्यान रहेका छन्।
महोत्सव उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले गर्ने कार्यक्रम छ । पहिलो पटक हुन लागेको महोत्सवमा करिव ३ लाख दर्शकले अवलोकन गर्ने आयोजको अपेक्ष रहेको छ।
Related News
सम्बन्धित समाचार
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
सेनाले गर्यो बम डिस्पोज
तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९