पोखरा, २८ कात्तिक । नेपाली मौलिक लोकसंस्कृति सर्म्वर्द्धन र विकासका लागि क्रियाशील हिमाली सांस्कृतिक परिवार सांस्कृतिक प्रस्तुतिका लागि भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेको छ।
परिवारका सचिव श्रीजंग गुरुङको नेतृत्वमा फोटो पत्रकार मनीलाल सरब्ज तमुसहित १४ जना कलाकार टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो।
नयाँ दिल्लीमा नोभेम्बर १४ देखि २७ तारिखसम्म भारत अन्तर्राष्ट्रिय व्यापार महोत्सव २०१८ मा नेपाली दूतावास भारतको निमन्त्रणामा नेपाली मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न नेपालकै प्रतिनिधित्व गर्दै सो टोली भारत प्रस्थान गरेको अध्यक्ष मेनकाजी गुरुङले जानकारी दिए।
व्यापार महोत्सवमा हिमाली सांस्कृतिक परिवारका कलाकारले कात्तिक २९ गते गुरुङ नृत्य, थकाली नृत्य, झ्याउरे, नचरी नृत्य, तामाङ्सेलो, नेवारी नृत्य, शेबु्र नृत्य, कौरा नृत्य, घाँटु, मगौरा नृत्य लगायत सांस्कृतिक प्रस्तुति गर्ने तयारी गरेको परिवारका सहकोषाध्यक्ष सविन गुरुङले जानकारी दिए।
टोलीमा संलग्न कलाकारमा रञ्जु, कविता, मुना, संगीता, युवराज, मीनप्रसाद, संजय, सुजन, तारा, सीमा, प्रकृति, कोमललगायत रहेको परिवारका सचिव श्रीजंग गुरुङले जानकारी दिए।
टोलीलाई परिवारका अध्यक्ष मेनकाजी गुरुङले कार्यक्रम सफलताको शुभकामना सहित खादा लगाएर बिदाइ गरेका थिए।
Related News
सम्बन्धित समाचार
बेनी–जोमसोम सडक अवरुद्ध
निशुल्क कपाल काट्ने तालिम
कंक्रिट संरचनाले घट्दैछ धानखेत
‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’
मापदण्ड मिचेका संरचना हटाउन सुरु
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१