पोखरा, २७ कात्तिक। कामना सेवा विकास बैंकले पोखरा-३, नदीपुर नारायणस्थानस्थित महषि गुरुकुल वेद विद्याश्रमलाई दुर्इ थान कम्प्युटर प्रदान गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको १२ औं वाषिर्कोत्सव अवसरमा मंगलबार एक समारोहबीच बैंकका सञ्चालक सदस्यद्वय देवकृष्ण काफ्ले र बलराम बरालले संयुक्तरुपमा विद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेललाई कम्प्युटर हस्तान्तरण गरेका थिए।
त्यस अवसरमा सञ्चालक सदस्य देवकृष्ण काफ्लेले विद्याश्रमको पठनपाठनलाई सहयोग पुर्याउने उद्देश्यले कम्प्युटर प्रदान गरिएको बताउँदै पूर्ण सदुपयोग हुनेछ भन्ने विश्वास व्यक्त गरे। उनले प्रिन्टर समेत उपलब्ध गराउने जानकारी दिँदै विद्याश्रमको उज्ज्वल भविष्यको कामना गरे।
सञ्चालक सदस्य बलराम बरालले समयको माग अनुसार अब कम्प्युटरबाट पनि बृहत् ज्ञान आर्जन गर्न सकिने बताउँदै बैंकले उपयुक्त सहयोग गरेको बताए।
बैंकका पूर्व अध्यक्ष राजेन्द्रनिधि कोइरालाले बैंकले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरे। साथै उनले ठूलो सहयोग नभए पनि भावनात्मक सद्भावको रुपमा लिन आग्रह गरे।
विद्यालयका प्राचार्य सन्तोष गौतमले संस्कृत कम्प्युटरमा सहजै प्रयोग हुने वैज्ञानिक भाषा भएको उल्लेख गर्दै संस्कृत संरक्षणको लागि पनि सहयोग महत्वपूर्ण भएको बताए।
कार्यक्रममा अध्यक्षको आशनबाट विद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेलले महषि गुरुकुल वेद विद्याश्रम पोखराका पुराना गुरुकुल आश्रममध्ये एक भएको उल्लेख गरे। उनले विद्याश्रमलाई दिगो बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भइरहेको चर्चा गर्दै कामना सेवा विकास बैंकले पनि कम्प्युटर प्रदान गरेर इट्टा थपेको बताए।
विद्याश्रमका उपाध्यक्ष महेश पराजुलीबाट स्वागत र सदस्य माधवप्रसाद बास्तोला ‘मधु’ बाट धन्यवाद ज्ञापन भएको उक्त कार्यक्रमको सञ्चालन सचिव शान्तिदेवी पराजुलीले गरेकी थिइन्।
कार्यक्रममा बैंकका पूर्व सञ्चालक दीपकलाल बाटाजु, संस्थापक शम्भुलाल श्रेष्ठ, पोखराको महेन्द्रपुल शाखाका व्यवस्थापक शालिकराम अधिकारी, दीप शाखा व्यवस्थापक मञ्जु पौडेल भट्टराई, न्यूरोड शाखा व्यवस्थापक मित्रराज बराल, बिरौटा शाखा व्यवस्थापक यज्ञराज पौडेल एवं स्थानीय समाजसेवी लगायतको उपस्थिति थियो ।
२०६३ कार्तिक २७ गते पोखरा डाँडाकोनाकमा स्थापना भएको कामना विकास बैंक, कास्की फाइनान्स र पछि २०७४ मा बुटवलमा प्रधान कार्यालय रहेको सेवा विकास बैंक गाभिए पछि कामना सेवा विकास बैंक नामाकरण भएको हो ।
हाल काठमाण्डौंको ज्ञानेश्वरमा प्रधान कार्यालय रहेको सो बैंकले आफ्ना ६० वटा शाखा मार्फत बैंकि· सेवा प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत महेश काफ्लेले आदर्श समाजलाई जानकारी दिए ।
कामना सेवा विकास बैंकका पोखरामा मात्रै ८ वटा शाखा रहेका छन् ।
Related News
सम्बन्धित समाचार
मुल्मीको एकल चित्रकला प्रदर्शनी
कालिका माविको ४२ औं वार्षिकोत्सव
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पोखरा महोत्सव समापन, बेसलाइनलाई नृत्य उपाधि
वडा १५ मा बृहत् खेलकुद समापन
hero news full width
मुख्य समाचार
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१