पोखरा, २७ कात्तिक । एकाबिहान उज्यालो नखस्दै मानिसहरु सडक किनारमा आफ्नो झोला तथा परिचय खुल्ने कुनै बस्तु राखेर पंक्तिबद्ध हुन्छन् । मर्निङवाक निस्कनेहरु तथा बटुवाले सो दृश्य छक्क पर्दै एकटक हेर्छन् । र, कौतुहलता मेटाउँदै बाटो लाग्छन् ।
पोखराको सभागृहचोकस्थित उरी पोखरा सेन्टर प्रालिको आकर्षणका कारण त्यस संस्था परिसरको मूल सडकमा मानिसहरु आफ्नो उपचारको पालो कर्न यसरी पंक्तिबद्ध भएका हुन् । टोकनका लागि बिहान सकेसम्म चाँडै उठ्यो, अनि लाग्यो निःशुल्क उपचार सेवा दिने ‘सेराजेम’ मा ।
वास्तवमा सेराजेमको मुख्य विशेषता वैज्ञानिक एवं प्रमाणीय तापीय उपचार विधि प्रयोग गरी सरल तरिकाबाट शारीरिक समस्याको निदान गर्नु हो । यो विश्वप्रख्यात कोरियन हेल्थ केयर कम्पनी हो । संसारको ८० राष्ट्रमा फैलिएको सेराजेम नेपालमा २०६९ सालदेखि शुरु भयो । विश्वमा ६ सय सेन्टर रहेकोमा नेपालमा २८ सेन्टर संचालित छन् । पोखरामा २०६९ सालदेखि नै उरी सेन्टर प्रालिले निःशुल्क उपचार साथै सेराजेमको प्रोडक्ट बिक्री थालेको प्रालि प्रमुख दीलिप सुव्वा गुरुङले जानकारी दिए । उनका अनुसार पोखरा क्षेत्रमा सभागृहचोक र बगरमा गरी २ सेन्टर संचालित छन् ।
पोखरा लेकसाइडका ६८ वर्षे क्याप्टेन गोपालप्रसाद श्रेष्ठ ढाड दुख्ने, ग्याष्टिक, मधुमेह रोग र शरीर चिलाउने समस्या लिएर गत वर्ष सेरोजम पुगे । नियमित रुपमा उनले कोरियन कम्पनीको सेराजेम मेसिनबाट उपचार थाले । निको हुँदै गयो । आफूलाई सुधार देखेपछि उनले घर परिवारका अन्य सदस्यलाई पनि हुने योजनाका साथ ४ लाख रुपैयाँ खर्चेर घरमै मेसिन जडान गरेका छन् । पोखराकै ६२ वर्षे सरिता तामाङ ग्याष्टिकको दबाइ खाइरहेकोमा बिस्तारै घुँडा दुख्न थाल्यो । जीउ दुख्ने र पोल्ने समस्या पनि बल्झियो । पोखराका सबै अस्पताल डुलिन् । काठमाडौं पनि पुगिन् । बीसको उन्नाइस भएन । पोखरामा सेराजेमले वैज्ञानिक पद्दतिमार्फत तापीय उपचार विधिबाट उपचार दिने सुनेकी उनी झिनो आशामा सेराजेम गइन् । उनी अहिले खुसी हुँदै भन्छिन्, सबै रोग निको भयो । सुरुको ग्याष्टिक समस्या समाधान भएको छ । अलिअलि मधुमेह छ । ठिक हुने आशमा छु । उच्च रक्तचापका बिरामी पाल्पाका शालिकराम नेपालले यहाँको उपचार पद्दतिबाट आफूलाई सञ्चो भएको बताउँछन् । ‘शुरुमा दायाँ हात चलाउन सकिन्थेन, अहिले दैनिक कामकाज गर्न सहज भएको छ,’ उनको भनाइ छ । सार्वजनिक बिदाको दिनबाहेक दैनिक बिहान ८ देखि विभिन्न सिफ्टमा सेराजेम मेसिनबाट निःशुल्क उपचार सेवा दिने व्यवस्था मिलाइएको पोखरा शाखाका प्रमुख गुरुङ बताउँछन् । सबैको निरन्तर आकर्षणले आफूहरुलाई उत्साहित भएको उनले बताए । ‘यो एक्युपे्रसर थर्मल मसाजर हो । स्वास्थ्यसँग सम्बन्धित हेल्थ मसाज हुने र अनुगमन गर्दा पैसा नलाग्ने यो सेवामूलक व्यवसाय हो, उनी प्रष्ट पार्छन्, ‘उपचारमा प्रभावकारी लागेर यसबारे बुझेकाहरुले विश्वास गरेर घरमै मेसिन लैजाने गरेका छन् ।’
मेसिनमार्फत मेरुदण्डसहित मानवशरीरमा तातो व्यायाम गराई शरीरमा रक्तसंचार राम्रो बनाउन, स्नायु प्रणाली लचिलो बनाउन, शारीरिक दुखाइ वा पीडा कम गर्न र भविष्यमा समेत कुनै पनि रोग लाग्न नदिनु यसको प्रमुख विशेषता रहेको दाबी छ । प्राकृतिक तरिका अपनाइने हुँदा कुनै पनि साइड इफेक्ट नहुने समेत बताइन्छ ।
कम्पनीका अनुसार पोखरामा दैनिक ३ सय देखि ३ सय ५० जना मानिस उपचारका लागि आउँछन् । स्थापनायता ४० हजार जतिले सेवा लिएको बताइन्छ । यहाँको मेसिन भने आम्दानी न्यून हुने मानिसको पहुँचभन्दा बढी छ ।
सेराजेमको सेन्टरमै गए मेसिनमार्फत निःशुल्क उपचार पाइने भए पनि घरमै मेसिन जडान गर्नेका लागि भने आर्थिक स्थिति बलियो हुनुपर्छ । मेसिनको मूल्य कम्तीमा १ लाख देखि ४ लाख रुपैयाँसम्म पर्छ । इच्छुकले चाहेमा अर्डर गरेपछि ३-४ महिनामा कोरियाबाट ओरिजनल प्रोडक्ट भित्राउने व्यवस्था समेत कम्पनीको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
सेनाले गर्यो बम डिस्पोज
तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९