गलेश्वर, २५ कात्तिक। विसं २०७२ को विनाशकारी महाभूकम्पले काठमाडौँको कोटेश्वरमा आफू बस्दै आएको घर भत्किएपछि गाउँ फर्किएका म्याग्दीका एक युवा कृषिमार्फत पर्यटन प्रवर्द्धनको अभियान संचालन गरेर उदाहरणीय बनेका छन्।
पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका-२ सिमलचौरका युवा अशोक शर्माले साढे दुर्इ वर्षअघि आर्गानिक कृषि उपजहरूको उत्पादन गरी आफै कटेज संचालन गरी पर्यटन प्रवर्द्धनको अभियान शुरु गरेका हुन्। उनले संचालन गरेको के डी कटेज आर्गानिक खानेकुरा र ग्रामीण जीवन पद्धतिको नमूना बनेको छ।
शर्माले सिमलचौरको तीन रोपनी जग्गामा माछापोखरी र कटेज निर्माण गरेर व्यवसाय शुरु गरेको बताए। हरेक क्षेत्रमा व्यावसायिकता खोज्ने गरेका शर्माले आफू कृषि परिवेशमा जन्मिएर हुर्किएको हुँदा त्यसै क्षेत्रबाट पर्यटनमा प्रवेश गरेको जानकारी दिए।
कृषिको प्रयोग गरेरै पर्यटन क्षेत्रको प्रवर्द्धन र विकास गर्नका लागि आफू यस क्षेत्रमा लागेको उनको भनाई छ। शुरुमा रु १५ लाख लगानीबाट स्थापना भएको कटेजमा अहिले रु ५० लाख लगानी पुगेको संचालक शर्मा बताउँछन्। शर्माले कटेजकै छेउछाउमा तीन पोखरी निर्माण गरेर माछापालन गरेका छन्। पाहुनालाई अर्गानिक परिकार खुवाउने उद्देश्यसहित उनले पोखरीमा कमन र ग्रासकार्प जातको माछापालन गरेका छन्।
होमस्टे (घरबास) मा आधारित शर्माको कटेजमा एक रातमा १० जनासम्म बस्न सकिन्छ भने कुनै विशेष पार्टीवा कार्यक्रमका लागि ५० जना जति अट्न सक्ने ठाउँ रहेको छ। विशेषगरी प्राकृतिक उपचारको स्थल बनेको तातोपानी कुण्ड र पर्यटकीय क्षेत्र टोड्केमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको उनको कटेजमार्फत टोड्केका लागि ग्राहकको चाहनाअनुसार टोड्के जोन प्याकेजको व्यवस्था गरिएको सञ्चालक शर्मा बताउँछन्।
व्यवस्थापन विषयमा स्नातकोत्तर र समाजशास्त्र तथा अर्थशास्त्रमा स्नातक गरेका शर्माले म्याग्दी जिल्लाको पश्चिम क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न आफूले घरबास संचालन गरेको बताए। उनको कटेजमा जेठोबुढो र गौरिया धानको लोकल चामलको भातसहित फापर तथा कोदोको ढिँडो र गुन्द्रुकको स्वाद र स्थानीय परिकारहरू समेत खान पाइन्छ।
प्रायः एक पटक आउने ग्राहकहरू पटक-पटक पनि आउने गरेको संचालक शर्माले बताए। कटेजप्रति ग्राहक र पाहुनाको आकर्षण बढ्दै जान थालेको उनको अनुभव छ।
शर्माले कटेजमा पाँच जनालाई रोजगारी दिएका छन्। उनले कटेजमार्फत मासिक रु ३ लाखदेखि ५ लाखसम्म कमाई हुने हुँदा महीनामा रु १ लाखभन्दा बढी बचत गर्ने गरेको जानकारी दिए। आगामी दिनमा कटेजका साथै सेवासुविधाको पनि विस्तार गर्ने लक्ष्य उनको छ। घरबास संचालन गरेर पर्यटन क्षेत्रको विकास गर्ने र पर्यटक आकर्षण बढाउन सकिने शर्माको अनुभव छ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९