पोखरा, २४ कात्तिक । सर्वमान्य नेता गणेशमान सिंहको १०४ औं जन्मजयन्ती शनिबार देशभर विविध कार्यक्रम गरी मनाइएको छ।
यसैबीच, पोखरामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञबहादुर थापा, क्षेत्रीय सभापति बजिरमान श्रेष्ठ, महासमिति सदस्य रामचन्द्र त्रिपाठी, मकाउ जनसर्म्पर्क समितिका अध्यक्ष लेखबहादुर गुरुङ, मेजर दीपक गुरुङ, नेता खेमराज पौडेललगायत नेता तथा कार्यकर्ताले सिंहको नालामुखस्थित शालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाएका हुन्।
काँग्रेस नेता खेमराज पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिंहले पुर्याएको योगदान अतुलनीय भएको बताए।
१९७२ साल कात्तिक २४ गते जन्मिएका सिंह नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रातःस्मरणीय व्यक्तित्व हुन्।
२०५४ साल असोज २ गते स्वर्गारोहण भएका सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय थिए।
२०४६ सालमा ऐतिहासिक जनआन्दोलनका सवोर्च्च कमाण्डर एवं सर्वमान्य नेता गणेशमान लौहपुरुषका नामले परिचित उनले नेपालमा प्रजातन्त्र स्थापना गर्न कठोर संघर्ष गरेका थिए।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९