पोखरा, २० कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधानलाई जोगाउन वर्तमान सरकार सफल हुनुपर्ने बताएका छन् ।
‘यो वा त्यो बहानामा सरकार असफल हुनु हुँदैन,’ उनले भने, ‘सरकार असफल भयो भने संविधान नै खतरामा पर्छ र आन्दोलनका उपलब्धि गुम्न सक्छ।’ संविधानलाई सफल बनाउने जिम्मेवारी सबैको भएको उनको भनाइ छ ।
उनले प्रदेश सरकार लागि कानून बनाउन र कर्मचारी समायोजन गरी काम गर्ने वातावरण बनाउन संघीय सरकारलाई आग्रह गरे ।
नेपाली काँग्रेस कास्कीले दशैँ, तिहार, नेपाल सम्वत्, छठ लगायतका चार्डपर्वको अवसरमा पोखरामा मंगलबार आयोजना गरको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले मुलुकको राजनीति अस्थिर भए पनि सरकार भने स्थिर रहेको बताए ।
उनले अझै पनि बिखण्डनकारीले शिर ठड्याउन खोजिरहेको भन्दै देश कता जान भन्नेमा चिन्ता रहेको बताए ।
केन्द्रीय सदस्य कोइरालाले सरकारले सुशासन, पारदर्शिता, दण्डहीनताको अन्त्य, भ्रष्टाचार नियन्त्रण र शान्ति सुरक्षामा विशेष ध्यान दिनुपर्ने औल्याए ।
उनले पार्टीभत्र र पार्टीपार्टीबीच पनि सहमति, सहकार्य र एकता गरी अघि बढ्नु पर्नेमा जोड दिए ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुदीपमोहन भट्टराईले संचालन गरेका थिए ।
कार्यक्रममा काँग्रेस सहित विभिन्न पार्टीका नेता, उद्योगी, व्यवसायी, सुरक्षा अधिकारी र शुभेच्छुकको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
बारा २ मा कांग्रेसले उपेन्द्रलाई सघाउने
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
तनहुँ १ मा रास्वपाबाट डा. स्वर्णिम पक्का
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
hero news full width
मुख्य समाचार
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९